टाटा कन्सल्टेन्सी सर्भिसेजको मुनाफा १० दशमलव आठ प्रतिशतले बढ्यो

नयाँ दिल्ली, असार २५
भारतको ठूलो सूचना प्रविधिसम्बन्धी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस)को जुनसम्मको तीन महिनामा मुनाफा १० दशमलव आठ प्रतिशतले बढेर ८१ अर्ब ३१ करोड भारु पुगेको छ । पछिल्लो वर्ष यस्तो नाफा ७३ अर्ब ४० करोड भारु रहेको थियो । कम्पनीले मंगलबार यस्तो जानकारी दिएको नवभारत टाइम्सले जनाएको छ । नियामक निकायलाई कम्पनीले दिएको जानकारीअनुसार कम्पनीको आय यो तीन महिनामा ११ दशमलव चार प्रतिशतले बढेर ३ खर्ब ८१ अर्ब ७२ करोड भारु रहेको देखिएको छ ।

त्यस्तै कम्पनीको अपरेटिङ मार्जिनमा २४ दशमलव दुई प्रतिशतले बढेको देखिएको छ । मार्चसम्मको तीन महिनामा यो आँकडा २५ दशमलव एक प्रतिशत रहेको थियो । पछिल्लो वर्षको मार्चसम्मको तीन महिनामा अपरेटिङ मार्जिन २५ प्रतिशत रहेको थियो । जुनसम्मको तीन महिनामा शुद्ध मार्जिन २१ दशमलव तीन प्रतिशत रहेको बताइएको छ । उक्त कम्पनीको बोर्ड बैठकले प्रतिसेयर पाँच भारुका दरले अन्तरिम लाभांश दिने यसअघि नै घोषणा गरिसकेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा महानिर्देशक राजेश गोपीनाथनले नयाँ आर्थिक वर्षमा बलियो सुरुवात गरेको बताए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com