वासिङटन डिसीमा डुबान, विद्युत् र यातायात सेवा अवरुद्ध

वासिङटन डिसी, असार २५
अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक वर्षाका कारण डुवान भएको छ । वासिङ्टन डिसी र यस आसपासमा सोमबार आएको अत्यधिक वर्षाका कारण डुवान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो । राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने चेतावनी समयमै दिएकाले बाढीको कारण मानवीय क्षति भने भएको छैन । बाढीबाट सडक तथा घरहरु डुबेका छन् ।

अमेरिकाको राजधानीमा रहेको रोनाल्ड रेगन विमानस्थलमा ३.३ इन्चसम्म पानी भरिएकाले विमान सेवा पनि प्रभावित भएको थियो । रेल सेवा पनि प्रभावित भएको अधिकारीहरुले जनाएका छन् । अचानक आएको बर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस समेत पानीबाट प्रभावित भएको थियो । त्यसैगरी महत्वपुर्ण दस्तावेजहरु रहेको कार्यालय पनि बाढीमा परेको जनाइएको छ । सुरक्षाकर्मी र उद्धारकर्ताहरूले बाढीमा परेकालाई उद्धारको प्रयास गरिरहेका छन् । कतिपय प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com