बझाङको कालंगा जलविद्युत् आयोजनामा तोडफोड

आशिष बहादुर सिंह
बझाङ, असार २६
सुदूरपश्चिम प्रदेशको गौरवकै योजना मानिएको बझाङको बुंगल क्षेत्रमा रहेको कालंगागाड हाइड्रोपावरको फिल्ड कार्यालयमा तोडफोड भएको छ । यही असार १६ गते हाइड्रोपावरका जेसीबी चालक माधव बोहरालगायत अन्य व्यक्तिले बुंगल नगरपालिका–२, बस्तीकी २० वर्षीया ललिता धामीको सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले हाइड्रोपावरको फिल्ड कार्यालयमा तोडफोड गरेका हुन् ।

स्थानीयले हाइड्रोपावरका झण्डै १० वटा गाडीमा क्षति पु-याएको कालंगा हाइड्रो पावरका संस्थापक वीरेन्द्र मल्लले बताए । विद्याथी र स्थानीय व्यक्तिहरुले तोडफोड गर्दा हाइड्रोको फिल्ड कार्यालयमा पनि क्षति पुगेको मल्लले बताए । यता मृतक किशोरीका बुबा कलक धामीले भने आफूहरुले स्थानीयलाई तोडफोड नगर्न सुझाएको बताएका छन् । आफूहरु छोरीको शव लिएर सदरमुकाम चैनपुर गएको र कसले किन तोडफोड गरेको हो भन्नेबारे आफूहरुलाई कुनै जानकारी नरहेको मृतकका बुबाले बताए ।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले हाइड्रोमा क्षति पु-याउने गरी भएको घटनामा संलग्नलाई कारबाही गरिने बताए । साथै उनले हाइड्रोको सुरक्षाका लागि थप प्रहरी टोली खटाइएको बताए । हाइड्रोपावर तोडफोड गर्ने समयको भिडियो रेकर्ड नै रहेकाले त्यसमा संलग्नको पहिचान गरेर कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारीले बताए । घटना भएको दिनदेखि नै हाइड्रोपावरले काम बन्द गरेको छ ।

सञ्चालक तथा फिल्डमा काम गर्ने कर्मचारीले शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै असार १६ गतेदेखि नै काम बन्द गरेका हुन् । हाइड्रोको अहिले नौ स्थानमा काम रोकिएको छ । कम्पनीले कालंगा जलविद्युत् आयोजनालाई अघि बढाउन तीन ठाउँमा संरचना निमार्ण गरिसकेको छ । ६५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको कालंगा हाइड्रोको अहिलेसम्म ६० प्रतिशत काम भइसकेको छ । कालंगा हाइड्रोमा तोडफोडपश्चात् त्यहाँको सुरक्षाका लागि अहिले २० जना सशस्त्र प्रहरीको टोली खटिएको सशस्त्र प्रहरी बल बझाङका प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले जानकारी दिए । कालंगा हाइड्रोका सञ्चालकले भने अझै पनि आफूहरुलाई सुरक्षाको अनुभूति नभएकाले सुरक्षा बल थप गरिदिन आग्रह गरेका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com