खुम्बुक्षेत्रमा आधा पनि चामल ढुवानी हुन सकेन

महेन्द्र शाही
सोलुखुम्बु, असार २६
ठेकेदारको कारण खुम्बु क्षेत्रका लागि चामल पठाउन नसकेको नेपाल खाद्य संस्थान कार्यालयले सल्लेरीले जनाएको छ । चालू आर्थिक वर्षमा त्यस क्षेत्रका लागि २ हजार क्विन्टल चामल लानुपर्ने भए पनि ठेकेदारले रकम जम्मा गर्न नसक्दा समस्या भएको खाद्य संस्थान सोलुखुम्बुका प्रमुख शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा ठेकेदारले चामल ढुवानीका लागि रकम जम्मा नगरेकाले चामल गोदामै थन्किएको हो ।

दुई हजार क्विन्टलमध्ये हालसम्म नौ सय ७५ क्विन्टल मात्र खुम्बु पठाउन सकिएको कार्यालयले जनाएको छ । कात्तिकदेखि असार मसान्तसम्म सल्लेरीबाट खुम्बुक्षेत्रमा ढुवानीका लागि आर.के कन्स्ट्रक्सनले जिम्मा पाएको थियो । ठेकेदारले रकम जम्मा गर्न नसकेकाले ढुवानीमा समस्या भएको कार्यालयको भनाइ छ । आगामी आर्थिक वर्ष पुनः दुई हजार क्विन्टल चामल खुम्बु क्षेत्रको लागि छुट्याइएको कार्यालयले जनाएको छ । अबको केही दिनमा नयाँ आर्थिक वर्षको लागि स्वीकृत कोटाको चामल ढुवानीका लागि टेन्डर आह्वान गरिने प्रमुख रेग्मीको भनाइ छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com