नियमावलीविपरीत कार्य नगर्न महासंघको आग्रह

काठमाडौं, असार २६
नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (सातौं संशोधन) नियमावली, २०७६ को प्रावधानविपरीत कार्य नगर्न आग्रह गरेको छ । सार्वजनिक खरिद (सातौं संशोधन) नियमावली, २०७६ को प्रावधानअनुसार सम्पूर्ण ठेक्काहरुमा निःशर्त म्यादथप गरिनुपर्नेमा सो नगरी कतिपय ठेक्का तोड्दै व्यवसायीलाई कालोसूचीमा राखी कारबाही अगाडि बढाउने प्रक्रिया सुरु भएको महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले मंगलवार एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यहरुले संशोधित नियमावलीले दिएको सुविधा समेतलाई अन्य अर्थ लगाई व्यवसायीहरुलाई विभिन्न समस्यामा पारिएको उल्लेख गरेका छन् ।

अहिले आएर सम्बन्धित निकायहरुले आपूmअनुकूल व्याख्या गरी व्यवसायीहरुलाई हर्जना लगाउने, अनावश्यक विभिन्न शर्तहरु तोक्ने, आयोजना पूरा गर्ने निकायहरुबाट गर्नुपर्ने सहयोग नहुने, नगर्नेजस्ता कार्यहरु सुरु भएको विज्ञप्तिमा उल्लेख छ । ‘देशभर विभिन्न कारणले निर्माणकार्य सम्पन्न हुन नसकेका सम्पूर्ण ठेक्काको काम सरल र सहज तरिकाबाट सम्पन्न गर्नका लागि गरिएको व्यवस्थाविपरीत कोही/कसैले अन्यथा गर्न नमिल्ने महासंघको विज्ञप्तिमा भनिएको छ । ऐन नियमावलीको प्रावधानविपरीत हुने गरी कुनै कार्य नगर्न नगराउन तथा सहज तरिकाबाट सार्वजनिक खरिद (सातौं संशोधन) नियमावली, २०७६ को नियम १२० को उपनियम (६) बमोजिम कुनै हर्जना नलगाई म्याद थप गर्ने व्यवस्था गर्न गराउन तथा सबैका लागि एउटै कानुनी प्रावधान राख्न समेत महासंघले अनुरोध गरेको छ ।

नियमावलीबमोजिम असार ११ भित्रमा सम्बन्धित आयोजना/कार्यालयमा सम्बन्धित निर्माण व्यवसायीहरुले म्याद थपको लागि निवेदन दिइसकेको महासंघले जनाएको छ । देशको विकास निर्माण नै ठप्प हुने गरी भएको सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली, २०७५ को केही प्रावधानहरुको विरुद्धमा महासंघले गरेको देशव्यापी आन्दोलनको कारण विना शर्त एक वर्ष म्यादथपसम्बन्धी व्यवस्था लागु गरिएको महासंघको भनाइ छ । २०७२ चैत १७ गते र २०७५ साल असोज ४ गते सम्पन्न महासंघको साधारणसभामा प्रधानमन्त्रीबाटै एकपटकको लागि विना हर्जना ठेक्कामा एक वर्ष म्यादथप गर्ने प्रतिबद्धता व्यक्त भएको महासंघले स्मरण गराएको छ । साथै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबाट पनि एक पटकको लागि विना हर्जना ठेक्कामा एक वर्ष म्याद थप गर्ने भनी निर्माण व्यवसाय विकास परिषद्को बैठकबाट प्रस्ताव पास गरी मन्त्रिपरिषद्मा पेस गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com