पुलचोकमा सामसुङ डिजिटल प्लाजा

काठमाडौं, असार २६
सामसुङ इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले पुलचोक ललितपुरमा नयाँ सामसुङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ  । सामसुङ उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट–अफ–आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसुङ प्लाजाको सञ्जाल विस्तार गर्न उत्प्रेरित गरेको कम्पनीले जनाएको छ ।

हिम इलेक्ट्रोनिक्स प्रालिकी निर्देशक सीमा गोल्छा तथा सामसुङ प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापीठ विद्यालय तथा आजाद विद्यालयका छात्राहरुले बुधबार शोरुमको उद्घाटन गरेका छन् । १५औं वार्षिक उत्सवको अवसरमा, सामसुङ प्लाजाले निर्मल विद्यापिथ विद्यालय र आजाद विद्यालयाका ५० जना छात्राहरुलाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेस्नरी उपलब्ध गराएको थियो । बालिकाहरुलाई शिक्षित बनाउन र सम्पूर्ण बालिकाहरुलाई विद्यालय जान प्रेरित गर्नका लागि यो एक उत्तम कदम थियो ।

सामसुङ प्लाजाले चितवन माढीका ३० जना महिला समुहलाई युवा साक्षरता कक्षा सञ्चालन गरेको छ । सामसुङ डिजिटल प्लाजामा एलईडी टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोनजस्ता सामसुङका उत्पादनहरु रहेका छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका सातवटा सामसुङ डिजिटल प्लाजा र उपत्यकाबाहिर विभिन्न स्थानमा रहेका सातवटा सामसुङ डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । उद्घाटन समारोहको अवसरमा ग्राहकहरुलाई शोरुममा विशेष अफरहरुको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com