पृथ्वीमा बढ्दो जनसङ्ख्या र नेपाल

विश्वनाथ खरेल
मुलुकका दुई छिमेकी देशहरू संसारमा सबैभन्दा बढी जनसंख्या भएका देशहरू हुन् । यी दुई देशमा मात्र अढाइ अर्बभन्दा बढी मानिसहरू बसोबास गर्छन् । छिमेकी देशहरूको तुलनामा नेपालको जनसंख्या निकै नै थोरै देखिन्छ, तथापि देशमा जनसंख्या वृद्धिदर उच्च रहेकोले नीति निर्माताहरूलाई नेपालको बढ्दो जनसंख्याप्रति चिन्ता लाग्नु स्वाभाविकै हो । विश्वमा देखा परेका प्रमुख समस्याहरूमा जनसंख्या वृद्धि सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । जनसंख्या वृद्धिको कारणले जनसंख्याको चाप हरेक क्षेत्रमा परिरहेको छ । जनसंख्या समस्याबाट कुनै पनि मुलुक अछुतो छैन । प्राकृतिक स्वरूपलाई नष्ट गर्ने प्रमुख कारक तत्व जनसंख्याको अत्याधिक चाप हो ।

सबैलाई प्रत्येक वर्ष पिरोल्ने समस्याको रूपमा जनसंख्या वृद्धि नै हो । विश्वको जनसंख्या सात अर्ब ६२ करोडभन्दा बढी पुगिसकेको अनुमान छ । विश्वमा प्रत्येक दुई सेकेण्डमा नौ जना शिशुको जन्म र सोही समयमा तीन जना शिशुको मृत्यु हुने सम्बन्धित विशेषज्ञहरूको अनुमान छ । प्रतिदुई सेकेण्डमा छ जना नयाँ शिशुको अनुहार थपिनाले प्रत्येक वर्ष विश्वमा सात करोड ६० लाखभन्दा बढी मानिसहरू थपिन्छन् । जनसंख्याको प्रमुख बोझ विकासशील देशहरूमा परिरहेको छ । विकसित मुलुकहरूमा कुल जनसंख्याको २० प्रतिशत र अविकसित मुलुकहरूमा ८० प्रतिशत जनसंख्या बसोबास गर्दछन् । यसैगरी विश्वको कुल प्रजननदर २.३८ रहेको छ ।

विश्वको वार्षिक सरदर जनसंख्या वृद्धिदर १.५ प्रतिशत मात्र रहेको भएता पनि अविकसित देशहरूमा यसको वृद्धिदर दुई प्रतिशतभन्दा बढी भएको हुनाले सन २०२५ मा आठ अर्ब ३१ करोड र सन २०५० मा आठ अर्ब ९० करोड मानिसको जमघट हुनेछ । यसमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ४५ प्रतिशत रहेको छ । जनसंख्या वृद्धिको काहलीलाग्दो चापले अल्प विकसित देशहरूको समाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा नराम्रो प्रभाव परिरहेको छ । विकासशील देशहरूको पङ्क्तिमा पर्ने हाम्रो देश नेपालमा भने जनसंख्या वृद्धिको समस्या र यसबाट वातावरणमा परेको नकारात्मक असर अझै बढी देखिएको छ ।

हाम्रो देशको जनसंख्यालाई मध्यनजर गर्ने हो भने वृद्धिदर अझै अतिउच्च नै छ । मुलुकको जनसंख्या वृद्धिदर तीव्र गतिमा वृद्धि हुँदै गएको विगतका जनगणनाबाट स्पष्ट हुन्छ । वि.सं. १९६८ सालदेखि नै नेपालमा जनगणना लिइएको भएता पनि वि.सं. २००९/११ देखि लिइएका जनगणनालाई मात्र वैज्ञानिक तरिकाबाट लिइएको मानिन्छ । यसरी वि.सं. २०५८ सालको जनगणनामा नेपालको वार्षिक जनसंख्या वृद्धिदर २.२५ प्रतिशत रहेको देखिएको थियो । त्यसरी नै वि.सं. २०६८ सालमा लिइएको जनगणनाअनुसार नेपालको वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको थियो । यसको साथसाथै औसत आयुमा वृद्धि, शिशु मृत्युदर घटाउने प्रयत्नहरूमा प्राप्त सफलताले मृत्युदरमा कमी आए पनि कुल प्रजननदर भने निकै लामो समयदेखि छ सन्तान प्रतिएक आमाको हाराहारीमा रहेकाले नै जनसंख्या वृद्धिदर नियन्त्रण गर्ने प्रयासमा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । यही वृद्धिदर कायम रहेमा ३३ वर्षभित्र नेपालको जनसंख्या दोब्वर हुने अनुमान छ ।

वि.सं. २०५८ सालको जगगणनामा नेपालको कुल जनसंख्या दुई करोड ३१ लाख ५१ हजार चार सय २३ रहेको अनुमान गरिएको थियो । नेपाल सरकारले वि.सं. २०६८ को जनगणना प्रतिवेदन सार्वजनिक गर्दै दश वर्षको अवधिमा ३३ लाख ४३ हजार जनसंख्या वृद्धि भएको जनाएको थियो । यसमा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार पुगेको थियो भने हालसम्मको अनुमान गर्ने हो भने दुई करोड ९६ लाखभन्दा बढी पुगेको अनुमान गरिएको छ । महिलाको जनसङ्ख्या एक करोड २८ लाख ४२ हजार ४१ अर्थात् कुल जनसङ्ख्याको ५१ दशमलव पाँच प्रतिशत पुगेको छ भने पुरुषको संख्या एक करोड २८ लाख ४२ हजार ४१ अर्थात् कुल जनसङ्ख्याको ४८ दशमलव पाँच प्रतिशतमा झरेको छ । यसलाई संख्यात्मक रूपमा हिसाब गर्ने हो भने पुरुषको दाँजोमा महिलाको झण्डै आठ लाख जनसङ्ख्या बढी देखिन्छ । पछिल्लो जनगणनाले देशको जनसङ्ख्या वृद्धिदर एक दशमलव ३५ प्रतिशत रहेको देखिएको छ, जसलाई प्रतिशतको आधार भन्ने हो भने शून्य दशमलव नौ प्रतिशत विन्दु घटेको हो ।

नेपालमा प्रतिघण्टा ६१ जना, प्रतिदिन एक हजार चार सय ६४ जना र प्रतिवर्ष झण्डै पाँच लाख ३२ हजार तीन ३६ मानिस थपिन्छन् । त्यस्तैगरी यस धर्तीबाट विदा लिनेकोे संख्या प्रतिघण्टा २६ जना, प्रतिदिन छ सय २४ जना, र प्रतिवर्ष दुई लाख ३० हजार तीन सय ८१ पुग्दछ र जन्मनेको संख्या प्रतिघण्टा सात जना, प्रतिदिन दुई हजार ८८ जना र प्रतिवर्ष सात लाख ६२ हजार सात सय १७ जना हुन्छन् । जनसंख्या वृद्धिदर नियन्त्रिण गर्ने आजसम्मका प्रयासहरू सफल नभएको यो एक उदाहरण हो । आजको विद्यमान जनसंख्यालाई त भरणपोषण गर्न हामी असमर्थ छौँ भने अब आउँदा वर्षमा वृद्धि हुने जनसंख्यालाई भरणपोषण गर्ने साधन र क्षमता हामीसित के रहने छ ? जनसंख्या नियन्त्रणतर्फ प्रभावकारी नीति निर्देशनको आवश्यकतालाई उपेक्षा गर्नु भयावह समस्यालाई निम्त्याउनु होइन र ? मुलुकको जनसंख्या झण्डै तीन दशकदेखि उच्च गतिमा वृद्धि हुँदै छ । यसको मुख्य कारण हो एकातिर मृत्युदरमा कमी आउनु र अर्कोतिर उच्च प्रजनन दर कायमै रहनु हो ।

विश्वका विभिन्न देशको तुलनामा नेपालको जनसंख्या वृद्धिदर निकै उच्च भएको तथ्य भटिन्छ । २०४८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या एक करोड ८४ लाख ९१ हजार ९७ पुगको थियो । कुल जनसंख्यामध्ये ४९.८७ प्रतिशत पुरुष ५०.१३ प्रतिशत स्त्री रहेका थिए । यही गतिमा जनसंख्या वृद्धि हुँदै गएमा आगामी ३१ वर्ष अर्थात् २०८२ सालभित्रै जनसंख्याको दृष्टिकाणले अर्को सिङ्गै नेपाल थपिने अनुमान गरिएको छ ।

अन्त्यमा भन्नुपर्दा विश्वमा विगत वर्षहरूमा भएको जनसंख्या वृद्धिलाई मनन गर्दा सुरुसुरुका वर्षहरूमा मृत्युदर तथा जन्मदर दुवै उच्च भएकोले विश्व जनसंख्या वृद्धिदर साह्रै नै कम रहेको पाइन्छ । पछाडिको समयमा प्रजननदर उच्च नै रहेता पनि मृत्युदरमा विस्तारै ह्रास आउन थालेपछि विश्व जनसंख्या वृद्धिदर विस्तारै बढ्न थाल्यो । यस्तैगरी हाम्रो देशको कुरा गर्दा आगामी २० वर्षको अवधिमा नेपालको प्रजननदर २.१ मा ल्याउने दीर्घकालीन लक्ष्यअनुसार प्रजननदर एक दशकमा एक बच्चाभन्दा बढीको दरमा घट्नुपर्ने देखिन्छ ।

तसर्थ नवौँ योजनामा जनसंख्या क्षेत्रले विगतका वर्षहरूमा भन्दा पनि बढी प्रभावकारी र द्रुत गतिमा कार्यक्रम सञ्चालन गरेको थियो । नवौँ योजनाको अवधिमा जनसंख्याको वृद्धिदर प्रतिवर्ष २.२७ प्रतिशतले हुने अनुमान गरिएको थियो भने दशौं योजना अवधिमा उक्त वृद्धिदर अझ घटाउम्दै लैजाने नीतिहरू तय भएको अनुमान थियो । यसरी आजको विश्वका विकराल समस्याको रूपमा रहेको अत्याधिक जनसंख्यालाई समयमै नियन्त्रण गर्नुपर्ने पहिलो प्राथमिकता रहेको छ । जनसंख्या वृद्धि आज नेपालको मात्र नभएर विश्वको लागि ठूलो चिन्ताको विषयवस्तु भएको छ ।

हाम्रो देशमा जनसंख्या वृद्धिदर उच्च रहेकोले यसको व्यवस्थापन एउटा गम्भीर चुनौती समान छ । यसबाट एकातिर गरिबी, बेरोजगारी, अशिक्षाजस्ता समस्या थपिँदै गएका छन्, जसबाट प्रकृति प्रदत्त वातावरणीय स्रोेतमाथि चाप पर्न गएको छ भने अर्कोतिर बढ्दो जनसंख्याको आवश्यकता पूर्ति गर्न सामाजिक र भौतिक पूर्वाधार तयार गर्नुपर्ने, शिक्षा र औद्योगिक तथा सहरी विकास गर्नुपर्ने अधिक खाद्यान्न आपूर्ति गर्नुपर्ने र अन्य थुप्रै विकासका कार्यहरूमा अतिरिक्त लगानी गर्नुपर्ने स्थिति एकातिर छ भने अर्कोतिर भोक, रोग, गरिबी र अशिक्षाका विरुद्धमा जीवनस्तर सुधार गर्ने हाम्रा परिकल्पनाहरू साकार हुन नसक्नुमा जनसंख्या वृद्धिले प्रत्यक्ष असर परेको कुरालाई कसैले पनि नकार्न सक्दैन । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com