राष्ट्रिय वाणिज्य बैंक नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजक

काठमाडौँ, असार २६
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आगामी साउन २७ र २८ गते काठमाडौँंमा हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । सम्मेलनमा मुख्य प्रायोजक भएबापत बैंकले आयोजकलार्ई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने गरी मंगलबार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर गरेका हुुन् ।

सम्मेलनमा मुख्य प्रायोजन गर्ने सम्वन्धमा समझदारीपत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवाहरूलार्ई उद्यमी बनाउन सकिने र युवाहरूलार्ई आर्थिक क्रियाकलापमा सहभागी गराएर मात्र मुलुक समृद्ध बन्न सक्ने कार्यमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । सोही अवसरमा सम्मेलन मुल आयोजक समितिका संयोजकसमेत रहनुभएका विशाल गैरेले प्रादेशिक संरचनाभित्र उद्यमशीलताका नवीनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटअप कम्पनी र त्यसमाथिको लगानीबारे लगानीकर्तासँग छलफल चलाउने र लगानी जुटाइदिने, सरकार र युवा उद्यमीहरूबीच छलफलको वातावरण निमार्ण गर्ने, युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालार्ई सचेत गराउने, युवा उद्यमीहरूका सफलताका कथाहरू आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालार्ई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री केपीशर्मा ओलीले समुद्घाटन गर्ने सो सम्मेलनमा उद्यमशीलतामा रुची राख्ने युवा, विद्यार्थीहरू, नयाँ युवा उद्यमीहरू, लगानीकर्ताहरू, विज्ञ, सरोकारवालासहित देशभरका १६ देखि ४० वर्षभित्रका करिब तीन हजार युवा उद्यमीहरूको सहभागीता रहने छ । आज भएको समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र विभागीय प्रमुख सुनिता मानन्धरलगायतको उपस्थिति रहेको थियो । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com