प्रभु बैंकद्वारा हुम्लाको दुुर्गम गाउँपालिका खार्पुनाथमा शाखा विस्तार

काठमाडौँ, असार २६
प्रभु बैंक लिमिटेडले हुम्लाको दुुर्गम क्षेत्रमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुुधबारदेखि हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिकामध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन एक समारोहका बीच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गरेका हुन् ।

शाखा कार्यालय समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि रावलले उद्घाटन मन्तब्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै सञ्चालनमा आएको खार्पुनाथ शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलार्ई सरल सहजरूपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताए । बैंकिङ पहुँचभन्दा बाहिर रहेका सो क्षेत्रका सम्पूर्ण नागरिकहरूलार्ई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउनसमेत आग्रह गर्नुभयो ।

खार्पुनाथ शाखा कार्यालय समुदघाटन कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघ हुम्लाका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानयीय व्यापारी, बुद्धिजिवीलगायत ठूलो सङ्ख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । खार्पुनाथ शाखासमेत गरी बैंकले हालसम्म एक सय ८७ वटा शाखा, एक सय ५० वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरूलार्ई सेवा प्रदान गर्दे आएको छ । असार २५ गते बुुधबारदेखि सञ्चालनमा आएको बैंकको खार्पुनाथ शाखाकार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com