अजोड इन्स्योरेन्सको वार्षिकोत्सव

काठमाडौँ, असार २६
निर्जीवन बीमाको क्षेत्रमा उदयमान बीमा कम्पनी अजोड इन्स्योरेन्सले आफ्ना स्थापनको प्रथम वर्षको अवसरमा विविध कार्यक्रमहरू गर्दै पहिलो वार्षिकोत्सव मनाइरहेको छ । यसै अवसर पारेर कम्पनीले शुक्रबार रक्तदान कार्यक्रम आयोजना ग-यो, जसमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित ५९ जनाको सहभागीता रहेको थियो । कम्पनीले बीमाका विविध फाइदाहरूबारे आमजनताका माझ प-याउन सहज होस् भनी विभिन्न चेतनामूलक सन्देश भएको पेले कार्ड ब्यानरसहित प्रभात फेरी नगरको मुख्य स्थानहरू सुन्धारादेखि रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सहिदगेट हुँदै उक्त सीटीसी मलस्थित संस्थाको प्रधान कार्यलय पुगेको थियो ।

प्रधान कार्यालयमा आयोजित कार्यक्रमा मा कम्पनीले स्थापनाको छोटो समयमा उल्लेख्य प्रगती गर्न सफल भएकोमा उपस्थित शेयरधनीले व्यवस्थापनप्रति कृतज्ञता व्यक्त गरेका थिए । त्यसैगरी कम्पनीले संस्थागत उत्तरदायित्वअन्तर्गत आगामी २३ गते सोमबार नैकापस्थित एक सरकारी विद्यालयलार्ई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । प्रधान कार्यालयसहित कम्पनीको हाल ३० वटा शाखा सञ्चालनमा रहेको छ । उक्त शाखामार्फत कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुविधाहरू तथा दाबी भुक्तानी प्रदान गरिरहेको छ । कार्यक्रममा कमपनीले तीन सय ६५ दिन नै सेवा दिने, फास्ट ट्रयाकबाट दाबी भूक्तानी दिने, कम्पनीको डिजिटल सेवा विस्तार गर्नेजस्ता बिषयहरूमा जानाकारी दिइएको थियो । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com