भारतमा महंगी बढ्यो

ब्यांगलोर, असार २६
भारतको खुद्रा वस्तुको महंगी जुन महिनामा बढेको छ । जुन आठ महिनायताकै उच्च रहेको रोयटर्सले जनाएको छ । खासगरी खाद्य वस्तुमा महंगी बढे पनि भारतीय रिजर्व बैंकको चार प्रतिशतको मध्यावधि लक्ष्यभन्दा कम नै रहेको रोयटर्सले गरेको एक सवेक्षणले देखाएको छ । लक्ष्यभन्दा कम महंगी दर रहँदा यसले आरबीआईको ब्याजदर कटौतीको निर्णयलाई सहयोग गरेको छ भने आर्थिक वृद्धिलाई सघाउने बताइएको छ । जनवरीदेखि मार्चसम्मको अवधिमा भारतको आर्थिक वृद्धिदर चार वर्षयताकै न्यून विन्दुमा रहेको थियो ।

रोयटर्सले ४० अर्थशास्त्रीसँग मध्यस्थता गरी गरेको सर्वेक्षण जुलाई ४ देखि ७ सम्म गरिएको थियो । जुनमा ३.२० प्रतिशतको वार्षिक दरमा रिटेल (खुद्रा) महंगी बढेको हो । मे महिनामा यस्तो महंगी ३.०५ प्रतिशत रहेको थियो । अनुमानकर्ताहरुले २.९० प्रतिशतदेखि ३.८४ प्रतिशतसम्मको महंगी बढेको बताएका थिए । महंगीको आधा हिस्सा खाद्य वस्तुले ओगटेको छ । यो वर्षको सुरुदेखि नै उक्त वस्तुमा महंगी बढेको थियो । केही अर्थशास्त्रीले भने केन्द्रीय बैंकले अगष्टमा चौँथोपटक ब्याजदर कटौती गर्नसक्ने आशा गरेका छन् । फेब्रुअरीयता तरलता सम्बोधन गर्न केन्द्रीय बैंकले ब्याजदर कटौती गर्दै आएको छ ।

प्रत्यक्ष कर सङ्कलन लक्ष्य पूरा हुन कठिन हुने :-सरकारले चालू आर्थिक वर्षको लागि लक्ष्य राखेको प्रत्यक्ष कर संकलनको लक्ष्य पूरा हुन कठिन हुने अधिकारीहरुले जनाएका छन् । प्रत्यक्ष कर संकलनको लक्ष्य १ सय ३३ खर्ब ५० अर्ब भारु राखिएको भए पनि केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी)का प्रमुखले यसलाई प्राप्त गर्न कठिन हुने बताएका हुन् । नवभारत टाइम्सका अनुसार लक्ष्य कठिन भए पनि हासिल गर्न सकिने सीबीडीटीका प्रमुख प्रमोद चन्द्र मोदीले बताएका छन् । उनले पीटीआईसँग भनेअनुसार पछिल्लो संशोधित अनुमानमा २०१९/०२० को लागि १३ लाख ७८ हजार करोड भारु तय गरिएको थियो । यो अपेक्षाकृत रुपमा वास्तविकताभन्दा धेरै पर रहेको थियो । 

जुन वर्षगत आधारमा करिब २४ प्रतिशतको वृद्धि हो । बजेट छलफलमा आफूहरुले यसबारे आफ्नो कुरा राखेको उनले बताए । पछिल्लो पटक तय गरिएको नयाँ लक्ष्य वर्षगत आधारमा १७.५ प्रतिशतको वृद्धि हो । उनले यो लक्ष्य भेट्टाउन गाह्रो भए पनि सम्भव रहेको टिप्पणी गरे । आयकर विभागले पछिल्लो वर्ष प्रत्यक्ष कर ११ लाख ३७ हजार करोड संकलन गरेको थियो । उनका अनुसार लगानी वृद्धिको गति दिन बजेटले उठाएको कदमले अर्थव्यवस्था सन्तुलित हुनेछ । भारतको प्रत्यक्ष करमा व्यक्तिगत आयकरलगायत तीनवटा कर समावेश छ । यसपटकको बजेटमा भारतमा कम्पनीहरुको करको दर घटाइएको छ । 

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com