बेल्जियममा चीनको जेटटीई कम्पनीले खोल्यो साइबर सुरक्षा प्रयोगशाला

ब्रसेल्स, असार २६
चीनको जेटटीई कम्पनीले बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार साइबर सुरक्षा प्रयोगशाला खोलेको छ । अर्को दूरसञ्चार सामग्री उत्पादक कम्पनी हुवावेले पनि चार महिनाअघि पारदर्शिताको लागि भन्दै यस्तौ प्रयोगशाला ब्रसेल्समै खोलेको थियो । विश्वभर चिनियाँ कम्पनीका उत्पादनमाथि सुरक्षा खतरा भन्दै शंका/उपशंका गरिनथालेपछि कम्पनीहरुले पारदर्शिताको लागि कदम चालेको रोयटर्सले जनाएको छ । दुवै कम्पनीले नयाँ पुस्ताको इन्टरनेट प्रविधि फाइभजीका लागि आवश्यक सामग्री उत्पादन गर्ने गर्छन् ।

हुवावे टेलिकम नेटवर्क उपकरण निर्माण गर्ने विश्वकै ठूलो कम्पनी हो । तर अमेरिकाले यसका उत्पादनले राष्ट्रिय सुरक्षामा खलल पु-याउने र यसका सामग्री बेइजिङलाई जासुसी गर्न सहज हुने भन्दै कालोसूचीमा राखेको थियो । त्यसयता कम्पनीलाई चिपलगायतका प्रविधिजन्य सामग्री उत्पादन निर्यात गर्न अमेरिकी कम्पनीले बन्देज लगाएका थिए । यद्यपि उक्त आरोपको चिनियाँ कम्पनीले बारम्बार खण्डन गर्दै आएका छन् । हुवावे कालोसूचीमा रहे पनि जेटटीई भने अमेरिकाको प्रतिबन्धको सूचीमा समावेश छैन । कम्पनीले ग्राहक तथा नियामक र अन्य सेयरसदस्यलाई आफ्नो स्रोतकोड र कागजात तथा सफ्टवेयर परीक्षण गर्न खुल्ला गर्ने भएको छ । जेटटीईका प्रमुख सुरक्षा अधिकृत झोंग होंगले एक वक्तव्यमा उद्योगको सुरक्षामा कटिबद्ध रहेको बताएका छन् । यसअघि नै कम्पनीले चीनको नान्जिङ र इटालीको रोममा साइबर सेक्युरिटी ल्याब खोलिसकेको छ । 

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com