अलैंचीमा रोग लागेपछि किसान चिन्तित

महेन्द्र शाही
सोलुखुम्बु, असार २७
सोलुखुम्बको अलैँची पकेट क्षेत्रका रुपमा रहेको लिखुपिके क्षेत्रको अलैँचीको बिरुवा मासिदै जान थालेका छन् । बिरुवा मासिन थाले पछि कृषक भने चिन्तित बनेका छन् । लिखुपिके क्षेत्रमा लामो समय देखि देखा परेको छिर्के रोगका कारणले कृषकले लगाएको अलैँचीको बिरुवा मासिदै गएका हुन् । अलैँचीको पकेट क्षेत्र मानिने लिखुपिकेमा कृषकहरुले लगाउँदै आएको अलैँचीमा पहेलो देखिने, फल नलाग्ने, लागेको फल तथा जरा कुहिने ढुस्सी आउनेजस्ता समस्या देखा परे पछि कृषकहरु चिन्तित भएका छन ।

आम्दानीको स्रोत नै अलैँची भएकाले कृषकले गाउँपालिकासगँ नयाँ बिरुवा खरिद गरिदिन समेत माग गरेका छन । तर विशेषज्ञहरुले भने माटोमा अम्लियपन देखा परेकाले नयाँ बिरुवा नलगाउन सुझाव दिएका छन् । माटोलाई उपचार गरेर मात्र पुन बिरुवा लगाउन जिल्ला बागबानी केन्द्र सोलुखुम्बुका बागबानी अधिकृत चन्द्रमान श्रेष्ठले जानकारी दिए । हाल कृषकहरुले लगाईरहेको सबै बिरुवा नष्ट गरी तीन वर्षपछि मात्र नयाँ बिरुवा लगाउन कृषि प्राविधिकहरुले सुझाव दिएका हुन् । किसानले लगाएको बिरुवा मर्न थालेपछि अहिले बिरुवा वितरण नगरेको गाउँपालिकाले जनाएको छ । माटोको उपचारपछि मात्र बिरुवा वितरण गरिने लिखुपिके अलैँची ब्लग सञ्चालक समिति अध्यक्ष शंकर बहादुर बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com