थोरै लगानी गरेर लाखौं कमाउँदै मौरी कृषक

सुवास बस्नेत
दोलखा, असार २९
व्यावसायिक रुपमा सुरु गरेको मौरीपालनबाट वार्षिक लाखौं आम्दानी हुने गरेको छ । बेरोजगारीका कारण दिनहुँजसो लाखौँ युवाहरु विदेश पलायन भइरहेको समयमा दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ४ का कृषक पोष्ट बहादुर दाहालले भने मौरीपालन गरी लाखौँ आम्दानी गरिरहेका छन् । थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि कृषक दाहालले मौरी पालन गर्न योजना बनाएर यो व्यवसायमा सुरु गरेको बताए । पछिल्लो समय व्यावसायिक रुपमा मौरीपालन गर्नेहरुको संख्या केही मात्रामा बढेको जिल्ला कृषि विकास कार्यालय दोलखाले बताएको छ ।

दोलखाको सबैजसो क्षेत्रमा मौरीपालनको सम्भावना भए पनि सामान्य रूपमा केही कृषकले मात्र व्यावसायिक रूपमा मौरीपालन गरेका छन् । बैतेश्वर ४ का कृषक पोष्ट बहादुर ( प्रमोद दाहाल) नामले चिनिने दाहालले मौरीपालन गरी वार्षिक खर्च कटाई छदेखि सात लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए । २०७० सालमा ३० घार मौरीबाट सुरु गरेको उनको मौरीपालन व्यवसाय अहिले निकै राम्रो बनेको छ । उनले अहिले करिब एक सय ४० घार मौरीपालन गरिरहेका छन् । गत वर्ष पाँच टन मह उत्पादन गरेका दाहालले यो वर्ष पनि तीन टन मह उत्पादन गर्ने जानकारी दिए ।

भागेका मौरीलाई संरक्षण गर्दै सुरुमा रहरले घरको खोपामा राखेर उनले मौरीपालन सुरु गरेको सुनाए । मौरीपालनबाट राम्रो आम्दानी हुन थालेपछि उनले ३० घार थप गरी व्यावसायिक मौरीपालन गर्न सुरु गरेको बताए । मासिक रुपमा १० देखि १५ किलो मह बिक्री हुने गरेको उनको भनाइ छ । पछिल्लो समय उनले ग्यालेक्सी माहुरी फम दर्ता गरेका छन् । उनले उत्पादन गरेको मह प्रतिकिलो १२ सय रुपैयाँमा जिरी, मैनापोखरी, चरीकोटलगायतका बजारमा बिक्री हुँदै आएको छ ।

गत आर्थिक वर्षदेखि बैतेश्वर गाउँपालिकाभित्र रहेका मौरीपालन गर्न चाहने कृषकलाई अनुदानमा मौरी दिने नीति लिएको छ । गाउँपालिकाले दाहालकै ग्यालेक्सी मौरी फार्मबाट प्रतिघार १० हजारको किन्ने गरेको दाहालकी श्रीमती गंगा दाहालले बताइन् । साथै उनीहरुले बाख्रा फार्म दर्ता गरेर स्थानीय जातका बाख्रापालन पनि गर्दै आएका छन् । उनको फार्ममा ३० वटा बाख्रा रहेका छन् । परिवारबाहेक एक जनालाई पनि नियमित रोजगारी दिएको उनले बताइन् । गंगा दाहाल भन्छिन्, ‘आफ्नो परिवारको खर्च कटाई मासिक रूपमा ५० हजारबराबरको आम्दानी हुने गरेको छ ।’

दाहालले जस्तै विगत लामो समयदेखि बैतेश्वर गाउँपालिकाकै अर्का कृषक कुल बहादुर थापाले पनि व्यावसायिक रुपमा मौरीपालन गरेर राम्रो आम्दानी गर्दै आएको बताए । पछिल्लो समय बैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका ग्रामीण भेगहरुमा मौरीपालन गर्ने कृषक चाप बढनुको साथै आयआर्जनको मुख्य स्रोत पनि बनिरहेको छ । थोरै लगानी र छोटो समयमा उत्पादन दिने भएकाले पनि मानिसहरु गाउँमा मौरीपालनतर्फ लागिपिरेको बैतेश्वर गाउँपालिकका अध्यक्ष छवि लामाले बताए ।

मौरीपालन गर्नको लागि मौरीलाई आवश्यक पर्ने खानेकुरा प्राकृतिबाट प्राप्त हुने हुँदा कृषकले वर्षको दुई समय वर्षात् र जाडोको समयमा मौरीलाई चाहिने खानेकुराको अपुग हुने गर्छ । त्यो समयमा कृत्रिम खानेकुरा चिनीको व्यवस्था गर्नुपर्ने र अरु समय राम्रो बासस्थानबाहेक अरु केही गर्नु नपर्ने भन्दै गाउँपालिकाले मौरीपालन गर्ने कृषकलाई हाते होजियारी र घार निर्माण गर्न फर्निचरको तालिम बेलाबेला दिने गरेको गाउँपालिकाका उपाध्यक्ष रवि आचार्यले बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com