कञ्चनपुरमा मल अभाव

कञ्चनपुर, असार २९
किसानलाई धान रोप्ने चटारो भएकै बेला कञ्चनपुरमा रासायनिक मलको अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रासायनिक मल डीएपी खेतमा हाल्न बाध्य भएका छन् । अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले मागअनुरुपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नुपरेको हो । स्थानीय एग्रोभेट पसलबाट खरिद गरेको चर्को मूल्यको भारतीय मल गुणस्तरीय भए÷नभएको जानकारी नभए पनि किसान भारतीय मलको प्रयोग गर्न बाध्य छन् ।शुक्लाफाँटा नगरपालिका–२ का किसान मनोज चौधरीले सरकारले उपलब्ध गराउने मल नपाउँदा भारतको निकटवर्ती बजारबाट ल्याइएको मल राखेर रोपाइँ गरेको बताए ।

कृषि सामग्री संस्थानले यस वर्ष डीएपी मल एक हजार ४ सय ४३ मेट्रिकटन, युरिया एक हजार ८ सय ३ मेट्रिक टन र पोटास ३५ दशमलव ७५० मेट्रिक टन मल आपूर्ति गरेको छ ।ती मल जेठको पहिलो सातामै सकिएको संस्थानका निमित्त कार्यालय प्रमुख बलबहादुर शाहले बताए । चैतदेखि जेठको पहिलो सातासम्म कम्पनीबाट डीएपी ३ सय ८४ मेट्रिक टन बिक्री भएको छ । ‘डीएपी दुई हजार मेट्रिक टन, युरिया दुई हजार पाँच सय टन र पोटास ७० मेट्रिक टन कम्पनीले आपूर्ति गर्ने लक्ष्य लिएको भए पनि समयमै खरिद गर्न नसक्दा र ढुवानीको समस्याले आपूर्ति हुन सकेन’, उनले भने । किसान मलको माग गर्दै कार्यालयसम्म पुग्छन् । मल नपाउँदा निराश भएर फर्किने गरेको उनको भनाइ रहेको छ । धानखेतीका लागि ६ सय मेट्रिक टन युरिया भैरहवास्थित कार्यालयबाट ल्याउन लागेको कार्यालय प्रमुख शाहले बताए । उनका अनुसार जसमध्ये ४ सय ५९ मेट्रिक टन युरिया आपूर्ति भइसकेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com