सोलुखुम्बुमा २० हजार किबीका बिरुवा उत्पादन

महेन्द्र शाही
सोलुखुम्बु, असार ३०
सोलुखुम्बुको बागबानी केन्द्र फाप्लुले आगामी वर्ष २० हजारभन्दा बढी बोट किबीका बिरुवा उत्पादन गर्नेे लक्ष्यअनुसार बेर्ना राखिएको छ । केही वर्षदेखि किबी खेतीमा आकर्षित कृषकहरूको माग बढेकाले बिरुवा उत्पादनलाई जोड दिएको केन्द्रले जनाएको छ । अघिल्लो वर्षदेखि जिल्लामा नै बिरुवा उत्पादन सुरु गरेको केन्द्र यतिखेर बेर्ना राख्नमा व्यस्त देखिएका छन् । व्यावसायिक किबी खेतीप्रति सोलुखुम्बुका कृषकहरूको आकर्षण बढ्दै गएपछि बाहिरबाट आवश्यकताअनुसार बिरुवा ल्याउन समेत कठिनाइ भएकाले बिरुवा उत्पादन सुरु गरिएको केन्द्र प्रमुख चन्द्रमान श्रेष्ठले बताए ।

केन्द्रले अघिल्लो वर्ष पाँच हजार बिरुवा उत्पादन गरे पनि अपुग भएपछि यस वर्ष बिरुवा उत्पादनलाई बढाएको उनको भनाइ छ । जिल्लाका अधिकांश स्थानीय तहहरूमा किबीको सम्भावना भएकाले बिरुवाको माग धान्न मुस्किल परेको प्रमुख श्रेष्ठले जानकारी दिए ।जिल्लामा अहिले दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा किबी खेती भइरहेको केन्द्रको अनुमान छ । यस वर्ष सोलुखुम्बुमा करिब २० टन किबी उत्पादन भएको केन्द्रकी प्राविधिक सहायक बालकुमारी राईले बताइन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com