दोलखाका सहकारी धमाधम एकीकरण हँदै

सुवास बस्नेत
दोलखा, असार ३०
दोलखा जिल्लाका सहकारी संस्थाहरू धमाधम एकीकरण हुन थालेका छन् । जिल्लाका ठुला सहकारीहरूले साना सहकारीलाई धमाधम आफुसंग एकिकरण गर्ने कार्यलाई तिव्रता दिईरहेका छन् । ‘एक व्यक्ति एक सहकारी’ भन्ने अभियानलाई ध्यानमा राखेर सहकारी संस्थाहरू एकिकरण थालिएको बताईएको छ ।दोलखाको सदरमुकाम चरिकोटमा रहेका दुई सहकारी संस्था जनहित सहकारी संस्था र अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाले एकीकरण गरेका छन् । दुवै सहकारी संस्थाले सनिबार संयुक्त एकीकरण सभा गरेर सो जानकारी गराएका हुन् । यी दुई सहकारीको उद्देश्य फरक फरक भएपनि एकीरकण पश्चात बचत तथा ऋण कारोबार गर्ने निर्णयका साथ एकीकरण भएको हो ।

सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ र सहकारी विभागबाट विभिन्न मितिमा जारी गरिएका सुचनालाई आधार मानी तथा एक व्यक्ति एक सहकारी भन्ने मान्यतालाई ध्यानमा राखी प्रचलित कानुनको दायरमा रही सहकारी संस्था एकिकरण थालिएको बताईएको छ । संस्थामा आवद्ध हुने शेयर सदस्यहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ छुट्टछुट्टै इतिहास भएका जिल्लामा स्थापित सफल सहकारीहरू अर्थभूमि बचत तथा ऋण सहकारी संस्था र जनहित सहकारी संस्था एकीकरण भई अर्थभूमि जनहित बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार सञ्चालन गर्ने एकीकरण सभा घोषना गरिएको छ ।

एकीकृत सहकारीको कुल शेयर पूँजी ४ करोड ३७ लाख ७७ हजार चार सय रूपैयाँ हुने बताइएको छ । त्यसैगरी ५ हजार चार सय ५३ शेयर सदस्यको संख्या हुने र १ हजार दुई सय ६७ बाल सदस्यको संख्या पुग्ने बताइएको छ । त्यसैगरी एकीकरणपछि अर्थभूमि जनहित बचत तथा ऋण सहकारी संस्था दोलखा जिल्लाको छैठौँ ठूलो र भीमेश्वर नगरपालिकामा तेस्रो ठूलो हुने सहकारी संस्था हुने बताइको छ । जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईँले एकीकरण आजको समयमा अत्यन्तै आवश्यक र अपरिहार्य भएको र सहकारीहरूले एकीकरण गरेपश्चात शेयर सदस्यको आर्थिक तथा सामाजिक रूपान्तरण हने गरि कार्य गर्नुपर्ने बताए ।

यस्तै अघिल्लो साता पनि दोलखा भीमेश्वर नगरपालीका वडा ६ मा रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्था र बिगु गाउँपालीका वडा ४ मा रहेको गगनचुम्बी बचत तथा ऋण सहकारी संस्था एकीकरण गर्ने सम्झौता गरेका छन् । मिलिजुली साकोस अकुको प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)द्वारा सञ्चालीत एक्सेस कार्यक्रम अन्तर्गत सिल्भर ब्राण्ड प्राप्त संस्था हो भने गगनचुम्वी बचत तथा ऋण सहकारी संस्था नेफ्स्कुनद्वारा सञ्चालीत कर्भस कार्यक्रममा सहभागि भएको संस्था हो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com