हिमालयन एथ्निक फुड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड

काठमाडौं, असार ३०
ग्लोबल नेप्लिज सेफ फेडेरेस आयोजना तथा ग्लोरी मिडियाको इभेन्ट व्यवस्थापनमा बुधबारबाट सुरु भएको हिमालयन इथ्निक फुड फेस्ट तथा नेपाली नकोकुलिनरी अवार्ड कार्यक्रम सम्पन्न भएको छ । फेष्टअन्तर्गत बुधबार र बिहीबार होमस्टे भ्रमण तथा अध्ययन, शुक्रबार होटल तथा रेस्टुरेण्ट भ्रमण तथा अध्ययन र शनिबार सिक्किम विश्वविद्यालयका डिन समेत रहेका हिमाली खानाका अन्वेषक प्रा.डा. ज्योतिप्रकाश तामाङको विशेष प्रस्तुती र कुलिनरी अवार्डको आयोजना गरिएको थियो ।

शनिबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित कार्यक्रममा डा. तामाङले हिमाली खानाका प्रकार, उत्पत्ति, उपयोगिता, त्यसको व्यवसायीकरण आदिबारे सहभागीहरुमाझ प्रस्तुति दिएका थिए भने १० जना सेफहरुलाई विभिन्न विधाअन्तर्गत अवार्डबाट विभूषित गरिएको थियो  । नेपालमा पहिलोपटक भएको कुलिनरी अवार्ड २०१९ बाट सम्मानित हुनेमा लाइफ टाइम एचिभमेन्टतर्फ नरहरी अधिकारी, लिभिङ लेजेन्डतर्फ गोविन्द नरसिंह केसी, इन्जिनियरतर्फ युवराज प्रजा, बेस्ट आर्टिस्टतर्फ खिम बराल, योङ एक्जुकेटिभतर्फ भवि खनाल, सेफ स्टोरीतर्फ विक्रम भिक्स, राइटर सेफतर्फ सूर्य किरण श्रेष्ठ र अर्जुन थापा, कस्मोपोलिटिनतर्फ कुमार चालिसे र योङ लेडी सेफतर्फ उर्मि टिटुङ रहेका छन् ।

कार्यक्रममा होटल एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह, जापानका लागि पूर्वराजदूत डा. गणेश योन्जन, प्लाटिनम होटलका जीएम डा. सेफ सञ्जय जमाल, नेप्लिज सेफ फेडेरेसनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, उपाध्यक्ष नारायण थपलिया, महासचिव मोहन बहादुर गजुरेल, सचिव प्रेमलाल घिसिङ, सेफ एसोसिएसनका अध्यक्ष श्रीराम अधिकारी र सम्मानित व्यक्तित्वहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश झा, खाना विज्ञ डा. नम्रता तामाङलगायतको उपस्थिति थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com