खुम्बका विद्यालयमा मोबाइल प्रतिबन्ध

सोलुखुम्बु, असार ३०
सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकाले गाउँपालिकाभित्रका सबै विद्यालयमा मोबाइल प्रयोगमा रोक लगाएको छ । विद्यालय समयमा मोबाइल फोनको प्रयोगले पठनपाठन प्रभावित हुने भन्दै गाउँपालिकाले बन्देज लगाएको होे । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि गाउँपालिकाभित्रका विद्यालयमा मोबाइल निषेध गरेको हो । विद्यालय समयमा मोबाइल फोनको प्रयोग फाइदाजनक नभएको निष्कर्षसहित गाउँपालिकाले सो निर्णय गरेको अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए । गुणस्तरीय शिक्षालाई ध्यान दिने उद्देश्यले गाउँपालिकाले सो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले जानकारी दिए । शिक्षक तथा विद्यार्थी बढी समय मोबाइलमा नै व्यस्त हुने भएकाले पढाइमा ध्यान केन्द्रित नभएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा नै विद्यालयमा मोबाइल प्रयोगलाई प्रतिबन्ध लगाउने उल्लेख गरेको थियो । यो नियम कक्षा १२ सम्मका विद्यार्थीमा र शिक्षकमा लागू हुने घिमिरेको भनाइ छ । नीति तथा कार्यक्रममा उल्लिखित विषयलाई कार्यान्वयनको चरणमा ल्याइएको गाउँपालिकाको भनाइ छ । नियमको उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही गरिने समेत गाउँपालिको भनाइ छ । विद्यालयको शैक्षिक गुणस्तरमा यस नियमले प्रभावकारी भूमिका खेल्ने अध्यक्ष शेर्पाको दाबी छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com