ओप्पो एफ११ ‘ज्वेलरी ह्वाइट’ रंगमा

काठमाडौं, असार ३०
ओप्पोले एफ ११ लाई ज्वेलरी ह्वाइट रंगमा सार्वजनिक गरेको छ । पहिले मार्बल ग्रिन र फ्लोराइट पर्पल गरी दुई रंगमा सार्वजनिक गरिसकिएको छ । यसको मूल्य कम्पनीले ३५ हजार ४ सय ९० निर्धारण गरेको छ । तेस्रो रंगमा सार्वजनिक नयाँ ओप्पो एफ११ले पनि पछिल्ला मोडलले झैँ उपभोक्ताको निरन्तर मायाँ पाउनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । नयाँ रंगमा सार्वजनिक ज्वेलरी ह्वाइट एफ११का बारेमा बोल्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नुका साथै नेपाली बजारमा हामीलाई अझ मायाँ र हौसला प्रदान हुने हामीले आशा लिएका छौँ ।’

सार्वजनिक भएसँगै एफ११ सिरिजका स्मार्टफोन नेपाली बजारमा कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट पोट्रेट फोटोग्राफी क्षमताका तथा यसमा समाहित विभिन्न नवप्रवर्तनात्मक प्राविधिहरुका लागि चर्चित छ । फोनमा उपभोक्तालाई सहज तथा त्रुटिरहित प्रयोग अनुभव प्रदान गर्ने उद्देश्यका साथ ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र वाटर–ड्रप स्क्रिन जडान गरिएको छ । ओप्पोको एफ११ सिरिजले समग्र एफसिरिजलाई नै नयाँ उचाई प्रदान गरेको कम्पनीको भनाई रहको छ । नयाँ सिरिजले मोबाइल फोन्सका साथै ओप्पोलाई समेत सेल्फी एक्स्पर्टबाट ब्रिलियन्ट ‘पोट्रेट इन लो लाइट’का रुपमा स्तरोन्नति गरिदिएको मानिन्छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com