‘नमस्ते मेहेन्दी महोत्सव’

काठमाडौं, असार ३१
नेपाली संस्कृतिको विशिष्ट चिनारी बोकेको साउन महिनाको सुरुवात विशेष बनाउन ‘नमस्ते मेहेन्दी महोत्सव’को आयोजना गरिने भएको छ । ओपन स्पेस नेटवर्कले सुनधारास्थित काठमाडौं मल र पुल्चोकस्थित लबिम मलमा नमस्ते मेहेन्दी महोत्सवको आयोजना गर्न लागिएको हो । आयोजक नेटवर्ककी संस्थापक फाइजा परविनले साउन महिनाको सुरुवातसँगै मेहेन्दी लगाउने परम्परालाई निरन्तरता दिन र अझ परिष्कृत बनाउनका लागि महोत्सवको आयोजना गरिएको बताइन् ।

मंगलबार र बुधबार आयोजना गरिने महोत्सवमा नेपालका चर्चित मेहेन्दी आर्टिस्टहरुले सहभागीहरुलाई मेहेन्दी लगाइदिनेछन् । आर्टिस्टहरु सिर्जना शाही, अश्वनी भेटवाल, दिप्सा महर्जन, प्रियम्वदा न्यौपाने, सुष्मा मोक्तान, एलिशा शाही, मनिषा शर्मा, आहाना पन्त, खादिजा शेख, निदा निसार, सोनी गुप्ता लगायतले मेहेन्दीमार्फत आफ्नो कला प्रस्तुत गर्नेछन् । ‘नेपाली समाजमा मेहेन्दीको विशेष महत्व छ, साउन महिनामा अझै धेरै प्राथमिकता दिइन्छ,’ नेटवर्ककी संस्थापक परवीनले भनिन्, ‘त्यसैले धेरैभन्दा धेरै दिदीबहिनीहरुसँग मेहेन्दी लगाएर श्रावण महिनाको स्वागत गर्न महोत्सवको आयोजना गरिएको छ ।’ परम्परागत मूल्य र मान्यताको महत्त्वलाई अझ बढी प्रचार गर्न आवश्यक रहेको बताउँदै परवीनले मौलिक कला र संस्कृतिलाई बढावा दिन यस्ता कार्यक्रमको आयोजना गरेको उल्लेख गरिन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com