अशोक लेल्यान्डको ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प’ अफर

काठमाडौं, असार ३१
आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेल्यान्डले ‘मेगा मन्सुन फ्रि चेक अप क्याम्प अफर’ सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभरका १३ आउटलेट्सहरुमा लागू हुने गरी उक्त अफर ल्याएको हो । यस योजनाअन्तर्गत कम्पनीले ग्राहकहरुलाई केन्द्रित गर्दै फ्रि चेक अप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर््समा ५ प्रतिशत, ल्युबमा १० प्रतिशत, लेबर शुल्क ३० प्रतिशत साथै ३० प्रतिशत च्यासिस ग्रिजिङमा छुट उपलब्ध गर्ने बताएको छ ।

फ्रि चेकअप क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राइभिङसम्बन्धी जानकारी पनि लिनसक्ने कम्पनीले जनाएको छ । यी अफरहरुका साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइन्ट्स तथा बम्परदेखि बम्पर चेकअपसहित अन्य फाइदाहरु हुने कम्पनीले जनाएको छ । यस योजना अशोक लेल्यान्डका बस, ट्रक, टिप्पर तथा साना व्यावसायिक सवारीसाधनका कुनै पनि मोडलका गाडीहरुमा लागू हुनेछ ।

यो योजना नेपालभर सोमबारदेखि साउन ५ गतेसम्म मात्र लागू हुनेछ । साथै सर्भिसिङ्गमा छुट कुपनहरु भदौ ५ गतेसम्म लागू हुने बताइएको छ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । साथसाथै यस योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । तीन वर्षको अन्तरालमा यस आइएमई मोटर्स प्रालिले देशभर १४ आउटलेट खोलेर ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्न सफल मात्र नभई उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस सप्लाइ पनि पर्याप्त मात्रामा गर्दै आएको कम्पनीको दाबी छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com