ओप्पोको प्रायोजनमा ‘आईसीसी क्रिकेट वल्र्ड कप’ र ‘द च्याम्पियनशिप विम्बल्डन’

काठमाडौं, असार ३१
ओप्पोद्वारा प्रायोजित दुई कार्यक्रम द इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट वर्ल्डकप र द च्याम्पियनशिप्स विम्बल्डन सम्पन्न भएको छ । ओप्पोका लागि यी सफलता अल इङ्गल्याण्ड लन टेनिस क्लब (एईएलटीसी)सँगको फलदायी दिर्घकालिन सहकार्यको सुरुवात तथा आईसीसीसँगको सहकार्य मार्फत स्पोर्ट्स मार्केटिङमा भावनात्मक सफलता पनि प्रतिविम्बित गरेको कम्पनीले जनाएको छ ।

आईसीसी, रोल्याण्ड–गार्रोस र विम्बल्डनका साथमा ओप्पोसँग अहिले स्पोन्सरशिप प्रपर्टिजको लोभलाग्दो पोर्टफोलियो रहेको छ । पहिलो पटक ओप्पो आईसीसीको ग्लोबल पार्टनर बनेलगत्तै कम्पनीले रोल्यान्ड गार्रोस र द च्याम्पियनशिप्स, विम्बल्डनसँग समेत रणनीतिक साझेदारी स्थापित गरेको थियो । ब्राण्ड अन्तर्राष्ट्रियकरण र स्थानीयकरणको सम्मिश्रणमार्फत ग्लोकल पहलहरु वैश्विकीकरण रणनीतिमार्फत कार्यान्वयनमा पनि यसले सघाएको छ । यी प्रायोजनको प्रमुख उद्देश्य विश्वभरका टेनिस तथा क्रिकेटप्रेमीसँगको सफल ब्राण्ड अन्तत्र्रिmया भएको कम्पनीले जनाएको छ । वैश्विकरुपमै विम्बल्डनका लागि पहिलो स्मार्टफोन र एकल एसियन आपूर्तिकर्ताका रुपमा ओप्पोले एईएलटीसीसँग अप्रिलमा पाँच वर्षका लागि पार्टनरशिप सम्झौता गरिसकेको छ । यसका साथै, ओप्पो दीर्घकालीन पार्टनर्स रोलेक्स, ज्यागुआर, स्लाजेङगलगायतको सूचीमा समाहित भएको छ । यो सम्झौतासँगै इतिहासमै पहिलो पटक व्यावसायिक रुपमा विम्बल्डन स्मार्टफोन, ओप्पो रेनो ५जीमार्फत खिचिएको छ ।

त्यस्तै, विम्बल्डनका लागि चलिरहेको चर्चाबीच ओप्पोले आफ्नो एस द शट क्याम्पेन सञ्चालन गरेको थियो । प्रयोगकर्तालाई पर्फेक्ट शटको पर्फेक्ट शट खिच्न प्रोत्साहन गर्नु यसको उद्देश्य थियो । साथै, युवा प्रतिभाशाली खेलाडीलाई प्रोत्साहनका लागि ओप्पोले विम्बल्डनका साथमा ओप्पो ब्रेकथ्रो अवार्ड पनि स्थापित गरेको छ । यो अवार्डको मूल उद्देश्य कम्पनीको युवालक्षित दीर्घकालीन योजनालाई अघि बढाउनु तथा युवा प्रतिभाशाली खेलाडीहरुलाई टेनिसको पर्सिउट अफ पर्फेक्सनमार्फत आफूमा निहित प्रतिभा संसारसामु ल्याउन अभिप्रेरित र प्रोत्साहन गर्नु भएको जनाएको छ ।

ओप्पोको पहिलो ब्रेकथ्रो अवार्ड कोकोका रुपमा परिचित १५ वर्षीय कोरी गफले हात पारे । उनले चौँथो राउण्डमा प्रवेशका लागि आफ्नो अद्वितीय खेलमार्फत जित हात पार्दै समग्र विम्बल्डन क्राउडलाई उत्साहित पार्न सफल भएका थिए । अवार्डका लागि मनोनीतहरु स्पर्धीहरुमा विम्बल्डन स्पर्धाको ह्विलचियर र जुनियर श्रेणी, मेन्स तथा वुमेन्स सिंगल्सलगायतका पाँचै प्रमुख विधा सम्मिलित थिए । आईसीसी क्रिकेट वर्ल्ड कप २०१९ र द च्याम्पियनशिप्स, विम्बलडन २०१९को समापन ओप्पोको युवा प्रतिभा प्रोत्साहन गर्ने प्रयासको सुरुवात मात्र रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com