म्याक ल्युब्रिकेन्ट्सको डिलर भेटघाट

काठमाडौं, असार ३१
सिप्रदी ट्रेडिङ्ग प्रालि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्ट्सको डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको उक्त कार्यक्रममा सिप्रदीले नेपालभरका आफ्ना अधिकारिक डिलरहरुलाई आमन्त्रित गरी कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा पाहुनाहरुलाई कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाबारे सहभागीहरुलाई प्रष्ट पारेका थिए । उक्त कार्यक्रममा नेपालका लागि भारत पेट्रोलियमका प्रबन्धक मुकुन्द धमलाले नेपालको मार्केटप्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सहरुबाट आशा पनि धेरै रहेको बताए ।

साथै सिप्रदीका उपजनरल म्यानेजर रोशनकुमार श्रेष्ठले कम्पनीको हाल अपनाई रहेको रणनीति तथा आगामी कार्ययोजनाबारे स्पष्ट पारेका थिए । कार्यक्रममा नेपालभरका सिप्रदीसँग आबद्ध डिलरहरुमध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिँदै आगन्तुक पाहुनालाई धन्यवाद दिनुका साथै कम्पनीले अपनाउने आगामी रणनीतिमा प्रतिबद्धता समेत व्यक्त गरेका थिए । सिप्रदी, भारत पेट्रोलियमको ल्युब्रिकेन्ट्सको लागि विगत १७ वर्षदेखि नेपालको एक मात्र आधिकारिक वितरक हो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com