काठमाडौँं, असार ३१
नबिल बैंकले आफ्नो ३५ औँ वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले असार २८ गते मीनभवननजिकको बागमती नदीको किनारामा वृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकको ३०औँ वार्षिकोत्सवको उपलक्षमा २०७१ श्रावणमा यस क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजनाको सुरुवात गरिएको थियो । सोपश्चात बैंकले उक्त क्षेत्रमा नियमितरूपमा वृक्षहरूको सुरक्षा, सरसफइ तथा थप वृक्षरोपण कार्यक्रमहरू आयोजना गर्दे आएको छ । बैंकको वार्षिकोत्सवको अवसरमा खेलकुदलगायत वृक्षरोपण तथा सरसफाई कार्यक्रमहरू आयोजना गरी मनाएकोमा अध्यक्ष शम्भुप्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका सञ्चालक तथा कर्मचारीहरूलाई धन्यवाद दिएका थिए ।
सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com