ग्लोबल आइएमई बैंकद्धारा महिला सशक्तीकरण अभियानमा सहयोग

काठमाडौँ, असार ३१
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लब, काठमाडौँंलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा पाँच लाख रूपैयाँ सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लब, काठमाडौँका अध्यक्ष मीरा ज्योतीलाई उक्त रकम हस्तान्तरण गरेका हुुन् । उक्त सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरूसँगको सहकार्यमा प्रदेश दुईका विभिन्न विद्यालयहरूमा पुगेर करिब एक हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रमहरू सञ्चालन गर्नेछ ।

गरिबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा नेपालका धेरै समुदायमा बालविवाहको प्रचलन रहेको तथा प्रदेश दुईमा यसको अवस्था गम्भीर रहेकोले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए । महिलाको आर्थिक सशक्तीकरणले सबै किसिमका समस्या समाधानमा सहयोग पु-याउने बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले यस अभियानलाई आर्थिक सबलीकरण, नेतृत्व विकास र उद्यमशीलतासँग जोड्न आग्रहसमेत गरे ।

उनले बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर प्राकृतिक विपत्ति, जनचेतनामूलक कार्यक्रम र सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको बताए । बालविवाह देशकै एउटा ठूलो समस्या रहेको हुनाले संस्थाले सो क्षेत्रलाई नै आफ्नो कार्यक्षेत्र बनाएको जोन्टा क्लबका अध्यक्ष ज्योतीले बताए । संस्थाले महिला सशक्तीकरणका विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक आरती राणा, जोन्टा क्लबका सीमा गोल्छालगायत बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com