Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेस्टमेन्ट बैंक र चिरायु नेशनल अस्पतालबीच सम्झौता

नेपाल इन्भेस्टमेन्ट बैंक र चिरायु नेशनल अस्पतालबीच सम्झौता


काठमाडौं, माघ १०
नेपाल इन्भेस्टमेन्ट बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका वैध कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्रदान गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर नन्दराज वैद्यले दुवै संस्थाका कर्मचारीहरूको उपस्थितिका बीच हस्ताक्षर गरेका हुन् । सम्झौतापछि बैंकका सबै कर्मचारीहरू, खाताधनीहरू र नेपाल इन्भेस्टमेन्ट बैंकका सेयरधनीहरूले चिरायु अस्पतालमा बेड शुल्क, अस्पतालभित्र गरिने परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा छुट प्राप्त गर्नसक्ने छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया