तीन वर्षमा एसियाली पूर्वाधार लगानी बैंकको सदस्यता सय पुग्यो

लम्जेम्बर्ग, असार ३१
चीनको पहलमा स्थापित एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सदस्यता लिने मुलुकहरुको संख्या एकसय पुगेको छ । अफ्रिकी मुलुकहरु बेनिन, जिबुटी र रुवान्डाले सदस्यता लिएसँगै बैंकका सदस्यहरुको संख्या एकसय पुगेको हो । लक्जेम्बर्गमा आयोजित बोर्ड अर्फ गभर्नरको चौथो वार्षिक बैठकका क्रममा तीन मुलुकलाई सर्वसम्मत रुपमा नयाँ सदस्यता प्रदान गरेको घोषणा गरिएको थियो । तीनै मुलुकले बैंकको पुँजी लगानी रकम बापतको पहिलो किस्ता बुझाएपछि औपचारिक सदस्यता प्राप्त गर्नेछन् । बोर्ड बैठकले चीनका अर्थमन्त्री लिऊ कुनलाई बोर्डको अध्यक्षमा निर्वा्चित गरेको छ ।

त्यस अवसरमा अर्थमन्त्री लिऊ कुनले बैंकको सदस्य संख्या १०० पुगेको र लगानी आठ अर्ब ५० करोड अमेरिकी डलर भइसकेकाले यसले बहुपक्षीय विकास प्रणालीको महत्वपूर्ण अंगका रुपमा आफूलाई स्थापित गरेको बताए । चिनियाँ पहलमा यो बैंक जनवरी २०१६ मा स्थापना भएको थियो । सुरुमा यसका संस्थापक मुलुकहरु ५७ वटा थिए । पूर्वाधार निर्माण मार्फत दिगो विकासलाई मद्दत गर्नु यस बैंकको प्रमुख उद्देश्य हो ।

एआईआईले तीन वर्षमा गरेका कार्यहरुको प्रशंसा गर्दै संयुक्त राष्ट्रसंघ महासभाले बैंकलाई स्थायी पर्यवेक्षकको मान्यता दिएको चिनियाँ अर्थमन्त्रीले बताए । एआईआईबीका सदस्य मुलुकहरुले विश्वको कूल जनसंख्याको ७८ प्रतिशत र विश्वको कूल गार्हस्थ्य उत्पादनको ६३ प्रतिशत हिस्सा ओगटेका छन् । सदस्य मुलुकहरुको समर्थनमा बैंकले दिगो विकासका लक्ष्य हासिल गर्नेगरी नमुनायोग्य कार्यहरु गरिरहेको बताए । बैंकको बोर्ड अफ गभर्नरको पाँचौं बैठक आगामी वर्ष सन् २०२० को जुलाईमा बेइजिङमा हुँदै छ । एआईआईबीले १८ देशमा आठ अर्ब ५० करोड अमेरिकी डलरका ४६ परियोजना स्वीकृत गरेको छ जसमा राजमार्ग निर्माण र ऊर्जा उत्पादन प्रमुख रहेका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com