अमेरिकी कम्पनीलाई हुवावेसँग कारोबार गर्न अनुमति दिइँदै

वासिङ्टन, असार ३१
अमेरिकी कम्पनीले चिनियाँ कम्पनी हुवावेसँग केही हप्तामै कारोबार अनुमति पाउने भएका छन् । रोयटर्सका अनुसार अमेरिकी प्रशासनले यससम्बन्धी अनुमति दुई/चार हप्तामै आफ्नो देशका कम्पनीलाई दिन लागेको हो । वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अमोरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीमाथिको दबाब केही खुकुलो गर्न लागेका हुन् । मे महिनामा विश्वकै ठूलो दूरसञ्चार उपकरण निर्माता हुवावेलाई अमेरिकाको वाणिज्य विभागले कालोसूचीमा राखेको थियो । कालोसूचीमा राखिएसँगै हुवावेसँग कारोबार गर्न अमेरिकी कम्पनीहरुले सकेका थिएनन् ।

हुवावेले चिपजन्य प्रविधि सामग्री अमेरिकी कम्पनीबाट आयात गर्दै आएको छ । तर गत महिनाको अन्त्यतिर चिनियाँ समकक्षी सि जिनपिङसँग भेटवार्ता गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेलाई अमेरिकी कम्पनीले सामग्री निर्यात गर्न सक्ने बताएका थिए । यद्यपि वाणिज्य सचिव विल्बर रोसले भने कारोबारका लागि अमेरिकी कम्पनीले सरकारबाट लाइसेन्स लिनुपर्ने बताएका छन् । राष्ट्रिय सुरक्षामा कुनै जोखिम नहुने अवस्थामा कारोबार खुल्ला गरिने उनको भनाइ छ । ट्रम्पको घोषणा र वाणिज्य विभागको कार्यान्वयन प्रक्रियाले द्रुत गति लिएसँगै चिप उद्योगहरुले अमेरिकी प्रविधि निर्यात गर्ने देखिएको हो ।

दुई अमेरिकी चिपमेकरहरुले रोसको उक्त धारणासँगै धेरैभन्दा धेरै लाइसेन्स लिने बताएका छन् । आगामी दिनमा ग्राहक प्रतिक्रिया व्यवस्थापन कम्पनी र एक अर्को हुवावेसँग कारोबार गर्ने फर्मले पनि लाइसेन्सका लागि अनुमति माग्ने बताएको रोयटर्सले जनाएको छ । सन् २०१८ मा हुवावेले ७० अर्ब डलरभन्दा बढीको सामग्री किनेको थियो । त्यसमा क्वाल्कम, इन्टेल र माइक्रोन टेक्नोलजीबाट कम्पनीले ११ अर्बको सामान पर्दछ । यता हुवावेले भने आफूलाई कालोसूचीबाट हटाउनुपर्ने माग गरिरहेको छ । कम्पनीले नराम्रो काम गरेको कुनै प्रमाणसमेत फेला नपरेको सन्दर्भमा कम्पनीलाई कालोसूचीमा राखिनु अन्यायपूर्ण हुने कम्पनीको दाबी छ ।

तर कतिपय अमेरिकी कम्पनीका लागि भने हुवावेसँग कारोबारको लागि लाइसेन्स लिनु नपर्ने पनि बताइएको छ । ती कम्पनीका निर्यात वस्तुहरु अमेरिकी निर्यात नियन्त्रणभन्दा बाहिर रहेकाले अनुमति लिनु नपर्ने बताइएको छ । यससम्बन्धी अमेरिकी प्रशासनले नयाँ नीति लागू गर्नेछ । यसले जोखिमरहित प्रविधि बिक्रीका लागि खुल्ला गर्नेछ । तर अधिकारीहरुले हुवावे कालोसूचीबाट नहट्ने बताएका छन् । कारोबार खुल्ला पनि अस्थायी प्रकृतिको हुनेछ । अमेरिकी सेमिकन्डक्टर उद्योगले भने अझै धेरै खुल्ला नीति अख्तियार गर्न लबिङ गर्दै आइरहेको छ । यद्यपि कुन उत्पादन निर्यातका लागि अनुमति दिने भन्ने खुलेको छैन ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com