अमेरिकी कम्पनीलाई चीनको चेतावनी

‘ताइवानलाई हतियार बेचे व्यावसायिक सम्बन्ध रद्द’

बेइजिङ, असार ३१
चीन सरकार र चिनियाँ कम्पनीहरुले ताइवानलाई हतियार बेच्ने अमेरिकी कम्पनीसँगको व्यावसायिक सम्बन्ध रद्द गर्ने चेतावनी दिएका छन् । सोमबार चीनको विदेश मन्त्रालयले यस्तो बताएको रोयटर्सले जनाएको छ । यसले वासिङटन र बेइजिङबीचको सम्बन्ध थप बिग्रिनसक्ने देखिएको छ । चीनले स्वशासित ताइवानलाई आफ्नो भूमिकै एक हिस्सा मान्दै आएको छ । तर ताइवानविरुद्ध कुनै सैन्य हस्तक्षेप भने गरेको छैन । ताइवान मुद्दा चीनको अमेरिकासँगको जटिल मुद्दा बन्दै आएको छ ।

गत हप्ता अमेरिकी सेनाको मुख्यालय पेन्टागनले अमेरिकी स्टेट डिपार्टमेन्टले ताइवानलाई हतियार बिक्री गर्न स्वीकृति दिएको बताएको थियो । खासगरी १०८ जनरल डाइनामिक्स कर्प एम१ए२टी अब्राम्स ट्यांकहरु र २ सय ५० वटा स्टिंगर मिसाइल अमेरिकाले ताइवानलाई बिक्री गर्दै छ । उक्त हतियारहरु रेथियनले निर्माण गरेको हो । चीनले शुक्रबार नै ताइवानलाई हतियार बिक्री गर्ने कम्पनीमाथि प्रतिबन्ध लगाउने बताइसकेको छ । ताइवानसँग भएको सम्झौताअनुसार अमेरिकाले २ अर्ब २० करोड डलर मूल्यका ट्यांक, मिसाइल र सम्बन्धित हतियारजन्य सामान बेच्दै छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले उक्त हतियार बिक्री सम्झौताले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्ने र चीनको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको अवमूल्यन गर्ने दाबी गरेको छ ।

आइतबार मात्रै चिनियाँ शासन चलाइरहेको कम्युनिस्ट पार्टीका सरकारी मुखपत्र पिपल्स डेलीले आफ्नो विच्याट अकाउन्टमा हतियार बेच्ने कम्पनीहरु प्रतिबन्धको मुखैमा पुगेको बताएको थियो । चीनले प्रतिबन्ध लगाएमा अमेरिकाको हनीवेल इन्टरनेशनल, गल्फस्ट्रिम एरोस्पेस पनि दण्डित हुनेछ । हनीवेलले अब्राम्स ट्यांकको इन्जिन निर्माण गर्छ भने गल्फको स्वामित्व जनरल डाइनामिक्सले लिएको छ । दुवै कम्पनीको मुख्य बजार चीन नै हो । कम्पनीहरुले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । व्यापार युद्धका कारण चीनसँग अमेरिकाको सम्बन्ध बिग्रिरहेको छ । चीनले यसअघि पनि ताइवानलाई हतियार बेच्ने कम्पनी दण्डित हुने बताउँदै आएको छ ।

सन् २०१० र सन् २०१५ मा यसअघि नै अमेरिकालाई चीनले चेतावनी दिएको थियो । चीनले सन् १९८९ मा टियानमेन क्षेत्रमा प्रजातन्त्रवादी विरोध प्रदर्शनकर्तामाथि रक्तपातपूर्ण दमन गरेपछि अमेरिकी प्रतिरक्षा सम्झौताकर्तालाई बेइजिङसँग सम्झौता गर्नबाट वञ्चित गराइएको थियो । अमेरिकाको ताइवानसँगको सम्बन्ध पनि प्राविधिक रुपले अनधिकृत हुँदाहुँदै पनि अमेरिकाले ताइवानलाई सहयोग गर्न कानुन आवश्यक पर्छ । यसका बाबजुद फ्रान्सले यसअघि नै ताइवानलाई लडाकु जहाज र अन्य युद्धपोतहरु बिक्री गरिसकेको छ । गत हप्तामात्रै ताइवानी राष्ट्रपति त्साई इंग–वेनलाई भ्रमण अनुमति दिएकोमा चीन अमेरिकासँग रुष्ट भएको थियो । उनी क्यारेबियन मित्रराष्ट्रको भ्रमणमा छिन् भने अर्को हप्ता अमेरिका ट्रान्जिट हुनेछिन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com