युरोप पठाइदिने नाममा ५१ लाख ठगी

काठमाडौँ,साउन २

 युरोप पठाइदिन्छुु भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महशाखा टेकुले ठगी कार्यमा संलग्न भएको अभियोगका आधारमा चितवनको रत्ननगर घर भई हाल काठमाडौंको धापासी बस्ने ३१ वर्षीय नविन कुमार चौधरीलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार चौधरीले वैदेशिक रोजगारीको सिलसिलामा युरोपको वर्किङ भिसामा आकर्षक तलब हुन्छ भनी विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई विभिन्न मितिहरुमा गरेर जम्मा ५१ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको हो । चौधरीले काठमाडौं हुँदै भारतसम्म पुयाई अलपत्र पारी रकम ठगी गरी सम्पर्कविहीन भएका थिए ।

फरार रहेका चौधरीविरुद्ध वसन्त केसीसमेतका व्यक्तिहरुले संयुक्त जाहेरी दिएकोमा महाशाखाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले निज चौधरीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । प्रहरीका अनुुसार पक्राउ परेका चौधरीउपर आवश्यक अनुुसन्धान  भइरहेको छ । मुलुकी ऐन ठगीको महलअनुसार झुक्याई, विश्वासमा पारी ठगी गरेमा कसुरको मात्रा हेरी बिगो भराई बिगो बमोजिमको जरिवाना र पाँच वर्षसम्म कैद हुुनसक्ने प्रावधान रहेको समेत प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com