अनुुत्पादक क्षेत्रमा कर्जा लगानी विस्तार

सुनचा“दीमा मात्र बैंकहरुको ३६ अर्ब ९१ करोड कर्जा

काठमाडौँ,साउन २

अनुुत्पादक क्षेत्रमा बैंकहरुले कर्जा लगानी विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुलाई अनुुत्पादक क्षेत्रमा कर्जा नबढाउन निर्र्देेशन दिए पनि पछिल्लो समय सुनचाँदी धितो, घरजग्गा लगायतका क्षेत्रमा बैंकहरुको कर्जा रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अनुुत्पादक क्षेत्रका रुपमा लिइँदै आएको सुनचाँदी धितोमा मात्र ३६ अर्ब ९१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको पछिल्लो १० महिनामा २८ वटा वाणिज्य बैंकहरुले मात्र सुनचाँदी धितोमा ३० अर्ब ८० करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । सोही अवधिमा विकास बैंकहरुले भने घरजग्गा क्षेत्रमा ५२ करोड २६ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फाइनान्स कम्पनीहरुले भने पछिल्लो अवधिमा सुनचाँदी धितो लिएर आठ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

घरजग्गा अर्थात् रियलस्टेट क्षेत्रमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले एक खर्ब ४५ अर्ब ८१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार गत आवको पछिल्लो १० महिनामा वाणिज्य बंैक, विकास बैंक र फाइनान्स कम्पनीहरुले ३१ खर्ब ६० अर्ब ५६ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ५६ अर्ब सात करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोमध्ये वाणिज्य बैंकहरुले मात्र २७ खर्ब २१ अर्ब ३५ करोड ६० लाख रुपैयाँ निक्षेप संंकलन गरी २४ खर्ब ५६ अर्ब ७७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा घरजग्गा क्षेत्रमा मात्र एक खर्ब १८ अर्ब सात करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

विकास बैंकहरुले भने चालू आवको पछिल्लो अवधिमा तीन खर्ब ६८ अर्ब ९७ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ३२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्र्रवाह गरेकोमा घरजग्गा क्षेत्रमा मात्र २० अर्ब ७१ करोड ६० लाख रुपैैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा फाइनान्स कम्पनीहरुले भने ७० अर्ब २२ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब नौ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा घरजग्गा क्षेत्रमा सात अर्ब दुुई करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) पछिल्लो अवधिमा नौ दशमलव आठ प्रतिशतले बढेको छ । व्यक्तिगत आवास अर्थात पर्सनल होमलोन शीर्षकमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल कर्जा रकम दुुई खर्ब ३१ अर्ब ४२ करोड २० लाख रुपैयाँ पुुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुले मात्र व्यक्तिगत आवास क्षेत्रमा प्रवाह गरेको कर्जा रकम एक खर्ब ८२ अर्ब २७ करोड ९० लाख रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुले व्यक्तिगत आवास शीर्षकमा प्रवाह गरेको कर्जा रकम क्रमशः ४० अर्ब २२ करोड २० लाख र आठ अर्ब ९२ करोड १० लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com