Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा सोमालियाको आर्थिक प्रगतिको प्रशंसा

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा सोमालियाको आर्थिक प्रगतिको प्रशंसा


सोमालिया, माघ १५
आर्थिक सुधारमा देखिएको निरन्तरको प्रगतिले मोगादिसुलाई झण्डै ऋणमुक्त गर्न लागेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले सोमालियाको प्रशंसा गरेको छ । सोमालियाको सुधार प्रयासका लागि लगानी गरेको कोषले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘सोमालियाले लागि राजस्व, सार्वजनिक वित्तीय व्यवस्थापन र आर्थिक सुधारका लागि महत्वपूर्ण मानिने भ्रष्टाचारविरोधी कानूनहरू बनाएर आर्थिक सुधारमा प्रगतिका दीर्घकालीन सकारात्मक बाटो तय गरिसकेको छ । सोमालियाले लिएको आर्थिक सुधारको बाटो प्रशंसनीय छ ।’

अलिसन होल्याण्डको नेतृत्वमा कोषको टोलीले गत हप्ता सोमालियाली अधिकारीलाई भेटी आर्थिक विकास र सुधारमा गरेको प्रगतिका बिषयमा छलफल गरेको थियो । सोमालियाको आर्थिक सुधारका लागि भएका निरन्तरका प्रयासले ठूलो ऋणको भार सहँदै आएको मुलुकलाई राहत प्रदान गरेको छ । होल्याण्डले भने, ‘सोमालियाको आन्तरिक राजस्व संकलन मजबुत बनेको छ । सन् २०१९ पछि सोमालियाले १९ करोड ४० लाख ६० हजार अमेरिकी डलर आन्तरिक राजस्व संकलन गरेको छ । उक्त रकम राजस्व संकलनका लागि सन् २०१९ को पूरै वर्षका लागि लिएको लक्ष्यसँग करिब बराबर हो । सोमालियाले आन्तरिक राजस्वबाट सन् २०१९ मा कुल १९ करोड ६० लाख अमेरिकी डलर संकलनको लक्ष्य लिएको थियो ।’

सोमालियाले र कोषको प्रतिनिधिमण्डलबीच आगामी तीन बर्षका लागि तयार पारेको बृहत् आर्थिक सुधारको कार्यक्रममा कोषले सहमति जनाएको पनि उनले बताए । आगामी कार्यक्रमका लागि सोमालियाले अघि सारेका योजनामा सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ गर्ने, आन्तरिक राजस्व वृद्धिमा निरन्तरता र परिचालनको प्रत्याभूत र केन्द्रीय बैंकको क्षमता र भ्रष्टाचार नियन्त्रणका लागि थप धारणा रहेका र यसले मोगादिशुको आर्थिक उन्नतिको प्रत्याभूति गरेको कोषले बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया