Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारओरालो लाग्यो सेयर बजार

ओरालो लाग्यो सेयर बजार


काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन तीन अंकले उकालो लाग्यो बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार छ दशमलव १२ अंकले ओरालो लागेर १५ सय ६९ दशमलव छ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३८ अंकले ओरालो लागेर तीन सय १२ दशमलव २४ अंकमा झरेको छ । यसदिन कुुल एक सय ९५ कम्पनीहरूको सेयर कारोबार भएका छन् । उक्त कम्पनीहरूको ६१ हजार नौ सय ३६ पटकको कारोबारमा ८५ लाख ६५ हजार ७८ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कुल कारोबार रकम दुई अर्ब ६३ करोड ७३ लाख ७६ हजार दुई सय १६ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये उत्पादनमूलक समूहको सूचक १२ दशमलव २३ अंकले उकालो लागेर तीन हजार ७६ दशमलव २४ अंकमा चढेको छ भने बाँकी समूहको सूचक ओरालो लागेका छन् । यसदिन वाणिज्य बैंक समूहको सूचक चार दशमलव ३२ अंकले ओरालो लागेर १२ सय ६४ दशमलव ४७ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ११ दशमलव पाँच अंकले ओरालो लागेर १८ सय ५२ दशमलव पाँच अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि पाँच दशमलव ८८ अंकले ओरालो लागेर १२ सय ३१ दशमलव ८० अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि सात दशमलव ३८ अंकले ओरालो लागेर दुई हजार पाँच सय ८४ दशमलव २७ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ५४ दशमलव ९८ अंकले ओरालो लागेर आठ हजार २२ दशमलव ३८ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ६७ दशमलव ८५ अंकले ओरालो लागेर नौ हजार सात सय ५५ दशमलव ८५ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, अन्य र सामुहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १० दशमलव ९९, ३२ दशमलव ६१, नौ दशमलव ४३ र शून्य दशमलव ११ अंकले ओरालो लागेका छन् । यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको युनाइटेड फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय २० रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि पाँच प्रतिशतले बढेर ८४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सिन्धुु विकास बैंक, मेरो माइक्रोफाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको लिवर्टी हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले घटेर दुई सय ४३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रैराङ हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ८० प्रतिशतले घटेर एक सय ३८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक प्रोग्रेसिभ फाइनान्स, सेन्ट्रल फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता तीन सय ३३ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड ३८ लाख ८४ हजार चार सय ५८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको आठ सय ६२ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ९० लाख ३६ हजार नौ सय २९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, बैंक अफ काठमाडौँ आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया