दोलखामा फस्टायो किबी खेती

सुबास बस्नेत
दोलखा, साउन १५
करिब ४ वर्ष अघिबाट सुरु भएको किबी खेती दोलखामा फस्टाउँदै गएको छ । किबी खेतीको लागि उर्बरभूमि मानिने दोलखा जिल्लाका अधिकांस उच्च सिमसार र लेकाली ठाउँहरूमा पछिल्लो समय कृषकहरूले यसको व्यवसायिकरूपमा खेती गर्न थालेका छन् । छोटो समयमै राम्रो आम्दानी हुने र बिनालगानी राम्रो कमाइ गर्नसकिने भएपछि दोलखाका कृषक किबी खेतीमा हौसिएका हुन् । गतवर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (किबी जोन) दोलखामा आबद्ध ६ स्थानीय तहले एक सय ३० मेट्रिक टन किबी निर्यात गरी दुई करोडभन्दा बढी आम्दानी लिएका छन् ।

इकाईमा आबद्ध २२ वटा वडाका कृषि सहकारी तथा कृषि समूहहरूले उत्पादन गरेको एक सय ८५ मेट्रिक टन किबीमध्ये एक सय ३० मेट्रिक टन किबी निर्यात गरी दुई करोड २१ लाख रकम आम्दानी गरेका हुन् । गतवर्ष उत्पादित एक सय ३० मेट्रिक टन किबी प्रतिकिलो एक सय ७० रूपैयाँका दरले बिक्री हुँदा दुई करोड २१ लाख रकम आम्दानी लिन सफल भएको इकाईका कृषि अधिकृत मित्रबन्धु भट्टराईले जानकारी दिए । गतवर्ष एक सय ६० हेक्टर कूल क्षेत्रफलमा किबी खेती लगाएकोमा ३५ हेक्टर जमिनबाट ५ दशमलव २९ मेट्रिक टन उत्पादन भएको थियो ।

किबी जोन दोलखाको गत आर्थिक वर्षको कार्यक्रमअनुसार दोलखा जिल्लाको भिमेश्वर नगरपालिका पाँचवटा वडा, कालिन्चोक गाँउपालिका दुईवटा वडा शैलुङ गाँउपालिका छवटा वडा त्यस्तै जिरी नगरपालिका चारवटा र गौरीशंकर गाँउपालिका तीनसँगै विगु गाँउपालिका दुईवटा वडामा किबी फलमा व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन (जोन) विकास कार्यक्रम सञ्चालन गरिएको थियो । परियोजनाअन्तर्गत स्थानीय तहका वडाहरूमा कृषक समूह, कृषि कार्यमा संलग्न सहकारी, कृषि उद्यमी, जल उपभोक्ता समिति र कृषि कम्पनीहरू गरी किबी खेती गरेर उत्पादन गर्दै आएका छन् । किबी जोन परियोजनाका लागि ९ सदस्यीय जोन सञ्चालक समिति नै गठन गरेर यो खेती गरिएको किबी जोन इकाईले जनाएको छ ।

किबीसम्बन्धी ज्ञान आदानप्रदान गर्ने उद्देश्यले कृषि भ्रमण, किबी खेतीसम्बन्धी तालिम सञ्चालन, किबी खेतीको सिंचाई अनुगमनलगायतका कार्यक्रम सञ्चालन गरेको किबी जोन इकाई दोलखा कृषि अधिकृत भट्टराईले जानकारी दिए । गतवर्ष एक करोड बजेट प्राप्त भएकोमा चालू र पुँजीगत अनुदान भनेर छुट्याइएको ३१ लाख रकम भने २३ वटा योजना बनाएर किबी खेती विकासमा खर्च गरिएको उनले बताए । सोही रकमबाट जिल्लाको स्थानीय तहको २९ दशमलव ३ हेक्टर क्षेत्रफलमा किबी खेती गरिएका थियो । जसबाट ७३ जना किसानहरू लाभान्वित भएका छन् । साना सिंचाईका लागि ७६ प्रतिशत अनुदान पाएपछि किबी खेती गर्नतर्फ अग्रसर भएका थिए ।

चालू वर्षका लागि तीन करोडभन्दा बढी बजेट :- किबी जोन दोलखाका लागि चालू वर्ष तीन करोड २६ लाख बजेट आएको छ । जसमध्ये किबी खेती प्रबद्र्धन तथा विस्तारका लागि दुई करोड २५ लाख रकम छ्ट्याइएको कृषि अधिकृत भट्टराईले बताए । उनका अनुसार चालू आर्थिक वर्ष विनियोजित रकममध्ये सबैभन्दा धेरै बजेट किबी फलका लागि थाक्रा व्यवस्थापनमा ९० लाख रकम खर्च हुनेछ भने किबी फल सुरक्षाका लागि सँगै प्राकृतिक विपत्तिलाई रोकथाम गर्न असिनालगायतका विपत्ति रोक्नको लागि ५० लाख रकम विनियोजन गरिएको छ । यस्तै सिंचाईका लागि करिब ३५ लाख रकम छुट्याइएको उनले बताए । किबी फलको नर्सरीका लागि २० लाख बजेट विनियोजन गरिएको किबी जोन इकाईले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com