दोलखाको जिरीमा पाँच करोडको आलु उत्पादन

सुबास बस्नेत
दोलखा, साउन २०
दोलखाको जिरी नगरपालिकाले एक सिजनमा वार्षिक ५ करोडभन्दा बढीको आलु उत्पादन हुँदै आएको छ । जिरीमा उत्पादित आलु प्रायजसो सबै राजधानीमा पुग्नेगरेको छ । जिरी नगरपालिकाको ढुङ्गे, नार्बा, भन्डार, बुलडाडा, सिक्री, लिङ्कन र माली श्यामालगायतका ठाउँबाट एक सिजनमा १० हजार टन आलु उत्पादन हुँदै आएको छ । उत्पादित आलु प्रायः सबै राजधानी काठमाडौँ जानेगरेको आलु खेतीको व्यवासय गर्दै आएका जिरीका कृषक डीबी श्रेष्ठले बताए । जिरी नगरपालिकका कृषकको आम्दानीको मुख्य आर्थिक स्रोत आलु खेती भएकाले पनि जिरीवासीको खेती नै आलु भएको उनले बताए । श्रेष्ठले जिरीबाट एक सिजनमा १० ट्रक आलु काठमाडौँ पठाउनेगरेका छन् । जिरीका गाउँगाउँबाट प्रतिकेजी ग्रेडअनुसार २८ रूपैयादेखि ३० रूपैयाँ किन्ने गरेको र आफूहरूले प्रतिकेजी आलु ३५–३८ रूपैयाँमा काठमाडौँ लगेर बिक्री गर्नेगरेको उनले बताए ।

अहिले आलु सिजन चलेसँगै जिरीबाट महिनामा एक लाख ६१ हजार पाँच सय केजी आलु राजधानी काठमाडौँमा निर्यात हुँदै आएको छ । जसमा मासिकरूपमा आलुबाट ५५ लाख कमाइ हुनेगरेको जिरी नगरपालिकामा विगत लामो समयदेखि उत्पादन भएको आलु भण्डारण गरी बिक्री व्यवसाय गर्दै आएका यम जिरेलले बताए । उनका अनुसार जिरीबाट एक मौसम र सिजनमा पाँच करोड बराबरको आलु काठमाडौँको कालिमाटीलगायतका बजारमा बिक्री हुनेगरेको छ ।
जिरी नगरपालिकाको सबै ठाउँहरूमा राम्रो उत्पादनको आलु खेती हुँदै आएको छ । आलुको भण्डारण गरेर राख्ने शीतभण्डारको व्यवस्था नहुँदा गाउँगाउँबाट जम्मा गरेको आलु सिजनमै सस्तोमा मूल्यमा बेच्नुपर्दा किसानले उल्लेख्य फाइदा लिननसकेको उनले बताए ।

यतिबेला जिरीका जिरेल र शेर्पा समुदायको प्रमुख खेती आलु बिक्री गर्ने सिजन चलेको छ । सडकको असुविधा, शीतभण्डारको अभावमा वर्षातमै सस्तोमा आलु दिनुपर्दा किसानले पर्याप्त आम्दानी गर्ननसकेका किसानहरूको भनाइ छ । स्थानीयस्तरमै आलुको उत्पादनको विविधीकरण र ग्रेडिङ आवश्यक महसुस गरेर ठूला लगानीकर्तालाई आह्वान गरे पनि स्थानीय लगानीकर्ताले कुनै चासो नदेखाएपछि ठेकेदारले आलु जम्मा गरेर उत्पादकसँग सस्तो मूल्यमै आलू बिक्री गर्दै आएको जिरी नगरपालिकका मेयर टंक जिरेल बताए ।

आलुबाट विभिन्न वस्तु उत्पादनका लागि निजी क्षेत्र वा साझेदारीमा उद्योग स्थापना गर्न स्थानीय सरकारले सडक, पानी, विद्युत्जस्ता पूर्वाधार तयार गर्न र साझेदारी गर्न तयार रहेको उनले बताए । नगरपालिकाले प्रारम्भिक चरणको काम गर्नकै लागि चालू आर्थिक वर्ष विनियोजन गरेको बजेट अपुग भएपछि यो आर्थिक वर्ष आलु खेती व्यवस्थापनको शीर्षकमा बजेट विनियोजन गर्ने बताए ।

माघदेखि फागुनसम्म किसानले आलु रोपिसकेपछि असार अन्तिमदेखि साउनभित्र खन्ने गरिन्छ । सरदर यहाँको आलुको उमेर ६ महिना हुन्छ । लेकाली भेगमा फलेको यहाँको आलुमा राम्रो पीठो पसेको हुन्छ र निकै स्वादिष्ट पनि हुने उनले बताए । जिरी नगरपालिकाको सबै वडामा आलु राम्रो उत्पादन हुने हुँदा जिरीमा वार्षिक करिब २० करोडभन्दा बढीको आलुको कारोबार हुने नगरपालिकाको अनुमान रहेको उनले बताए । खेतबारीबाट किसानले सरदर प्रतिकेजी २०–२५ रूपैयाँमा आलु बेच्छन् । त्यही आलु काठमाडौँमा सरदर ६० रूपैयाँ प्रतिकेजीमा बिक्री हुनेगर्छ । यस हिसाबले किसानहरू निकै ठगिएको उनले बताए ।

किसान पनि नठगिउन् र उपभोक्ताले पनि राम्रो आलु पाउनका लागि किसान समूह, सहकारी वा कम्पनीले पुलको काम गर्दा स्थानीय सरकारले सहयोग गर्ने नगरपालिकाले योजना बनाउने निर्णय गरेको मेयर जिरेलले बताए । पछिल्लो समय जिरीको आलु काठमाडौँलगायत सहरहरूमा राम्रो माग छ । जिरी क्षेत्रको आलुलाई दोलखाकै मीठो आलु भनेर बिक्री हुनथालेको छ । आलुलाई विविध परिकारबाट आलुको चिप्स, पीठो बनाउन सकिन्छ । आलु खेतीलाई व्यवसायिक बनाउने हो भने उचित भण्डारण, बजारीकरण र सजिलै ढुवानी गर्नसकिने यातायातको व्यवस्था जिरी नगरपालिकाले गर्न आवश्यक रहेको सो भेगका आलु कृषकको माग रहेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com