निर्माणाधीन कम्पोष्ट मल र बायोग्यास प्लान्टको काम अन्तिम चरणमा

खेमराज अधिकारी
खोटाङ, साउन २१
जिल्लामा निर्माणाधीन कम्पोष्ट मल र वायोग्यास प्लान्टको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई आर्गानिक नगर बनाउने अभियानअन्तर्गत नगरपालिकाको वडा नम्बर २ सोल्मामा निर्माण भइरहेको कम्पोष्ट मल र वायोग्यास प्लान्टको ट्रस भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको हो । सरकारले स्थानीय सरकारलाई दिने विशेष अनुदानबापतको तीन करोड ३२ लाखको लागतमा निर्माणाधीन कम्पोष्ट मल र वायोग्यास प्लान्टमा दिक्तेल बजार, सोल्मा तथा आसपासका स्थानबाट निस्कने जैविक पदार्थलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रलाई प्रयोग गरेर वायोग्यास उत्पादन गर्दै रासायनिक मल र विषादीमुक्त अर्गानिक नगर बनाउने नगरपालिकाको अभियानलाई सफल बनाउन कम्पोष्ट मल र सिएनजी (वायोग्यास) प्लान्टको निर्माण गरिएको हो ।

कम्पोष्ट मल र बायोग्यासको उपकरण राख्नका लागि भ्याटसहित ४४ लाखको लागतमा ३५ मिटर लम्बाइ र २१ मिटर चौडाइको ट्रस भवन मुकुन्द इन्दिरा निर्माण सेवा बडकादियालेले ठेक्कामा लिएको थियो । ठेकेदारका अनुसार हाल कम्पोष्ट मल र वायोग्यासका लागि ट्याङ्की र ट्रस भवनको काम पूर्णरूपमा सम्पन्न भइसकेको छ । बाँकी घेराबाराको काम पनि दुईचार दिनमै सकिने ठेकेदार कम्पनीका प्रोपाइटर लालबहादुर विश्वकर्माले बताए । प्लान्टमार्फत उत्पादित ग्यासलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गरिने र बाँकी रहेको फोहोरमैलालाई मलको रूपमा प्रयोग गर्नेगरी प्लान्ट निर्माण गरिएको नगर प्रमुख दिपनारायण रिजालले बताए । रासायनिक मल तथा विषादी प्रयोग गरेका कृषीजन्य उत्पादनले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने भएकोले यस्ता उत्पादनलाई निरुत्साहित गर्दै नगरलाई आर्गानिक कृषी क्षेत्रको रूपमा विकास गर्ने यो अभियान थालिएको छ । रासायनिक मल खरिदमा दिइने अनुदानमा नगरले गत वर्षदेखि नै कटौती गर्दै रासायनिक मलको विकल्पमा कम्पोष्ट प्लान्टको अवधारणा अघिसारेको हो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com