तीन दर्जन बढी ऐन नियम संशोधन गर्न माग

काठमाडौं, साउन २१
नेपालको संविधानले तीनखम्बे अर्थतन्त्र स्वीकार गरे पनि विभिन्न ऐन नियमहरूमा स्पष्ट व्यवस्था नभएका कारण सहकारीले उत्पादनलगायतका क्षेत्रमा लगानी गर्ने वातावरण नबनेको गुनासो गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १७ औँ स्थापना दिवसको अवरमा आयोजित सहकारीका लागि विद्यमान कानुनी अवसर र चुनौती विषयक गोष्ठीमा तीन दर्जनभन्दा बढी ऐन नियमहरूले सहकारीलाई स्विकार गर्ननसकेको अधिवक्ता रमेश बडालले बताए । नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आइतबार साँझ स्थापना दिवसको उद्घाटन गर्दै सहकारीमार्फत मुलुकमा देखिएका गरिबी, बेरोजगारीलगायतका समस्या समाधान गर्नसकिने भएकाले कानुनी झन्झटहरूलाई व्यवस्थापन गर्न सरकारले कदम चाल्ने बताए । उनले सहकारीलाई कृषि उत्पादन वृद्धि गराउनका लागि उपयोग गर्नसकिने बताउँदै भने,‘गरिबीको अन्त्यका लागि सबैभन्दा अचुक सस्त्र भनेकै सहकारी हो ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीलाई निशेष गरेर समग्र देश विकासको परिकल्पना गर्ननसकिने बताए । उनले वित्तीय कारोबार गर्ने मात्र सहकारी भन्ने बुझाइ गलत भएको बताउँदै शिक्षा, स्वास्थ्य, बीमा, सञ्चार, उपभोक्ता, कृषिलगायत यावत क्षेत्रमा सहकारीको मोडेलमार्फत अगाडि बढ्नका लागि सरकारले कानुनी अड्चनलाई हटाउनेमा आफ्नो विश्वास रहेको बताए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले बैंकले स्थापना दिवसको अवसरमा ४४ ठाउँमा आयोजना गरेको कार्यक्रममा सहकारीका अभियान्ताहरूले कानुनी जटिलता हटाएर सहकारीलाई उत्पादनमा सहजरूपमा जोड्नुपर्ने माग गरेको बताए । ‘कम्पनी, प्राइभेट फर्म, साझेदारी संस्थासरह सहकारीलाई समान मान्यताको रूपमा स्थापित गर्नका लागि नेपालका धेरै कानुनमा रहेको व्यवस्था परिवर्तन गर्नुपर्छ,’ अधिवक्ता बडालले भने,‘सहकारी ऐनमा शिक्षामा सहकारी मोडेलको कुरा गरेको छ तर शिक्षा ऐनमा त्यो बन्देज छ ।

यस्ता थुप्रैै कारण सहकारी वित्तीय क्षेत्रमा मात्र बढी देखिएको पो हो कि ?’ राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणी शिवाकोटीले पनि सहकारी ऐनमा मात्र उल्लेख भएर नहुने बताउँदै राष्ट्र बैंक ऐनमा सहकारीलाई हेर्न विषय नराखी सहकारी संस्थाहरूलाई हेर्न नसकिने बताए । ‘सहकारी विभागले सहयोग मागेको खण्डमा तालिम शिक्षमा राष्ट्र बैंकले प्राविधिक सहयोग गर्नसक्छ ।’ उनले भने । सहकारी विभागका रजिष्टर डा. टोपराज पाण्डेले सहकारीको सुशासन र वित्तीय अनुशासन कायम गर्न विभाग दह्रोरूपमा उपस्थिति हुने जिकिर गरे । उनले सन्दर्भ ब्याजदर तोकेपछि सहकारीमा देखिएका कतिपय समस्या हल हुनेसमेत बताए ।

राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री गुरागाईले सहकारीको पुँजीलाई समृद्ध मुलुक निर्माणका लागि उपयोग गर्नका लागि यसको उपस्थितिलाई कानुनहरूले स्विीकार्नु आवश्यक रहेको बताए । राष्ट्रिय सहकारी बैंकले विद्यमान कानुन अवसर र चुनौतीको विषयमा आइतबार देशभरि रहेका आफ्ना ४४ वटै शाखामा अन्तरक्रिया गरेको थियो । जसमा पाँच हजारभन्दा बढीले ती अन्तरक्रियामा सहभागिता जनाएका थिए । बैंकका सञ्चालक, लेखा समिति र उच्च व्यवस्थापनका २९ जनाले सहजीकरण गरेका थिए । सहकारीमैत्री कानुनी अवस्था नहुँदा सहकारीबाट उत्पादित वस्तुको ब्राण्ड, स्थापित गर्न, कृषि आधुनिकीकरण गर्न नसकिएकोले त्यस्ता कानुन संशोधन गर्नुपर्ने माग भेलाले गरेको गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले बताए ।

देशभरबाट सुझाव संकलन गरी कानुनमा संशोधनका लागि बहस पैरवी गर्न राष्ट्रिय सहकारी महासंघसाग समन्वय गरेर अगाडि बढ्ने अध्यक्ष उप्रेतीले बताए । सहकारी बैंकका देशभरका करिब १२ हजार सहकारी संघसंस्था सदस्य रहेका छन् । बैंकमा हाल एक अर्ब ५८ करोड शेयर रकम छ । २८ अर्ब निक्षेप र साढे १९ अर्ब कर्जा लगानी रहेको छ । सहकारी बैंकले २०६१ साल असार २५ मा दर्ता भई साउन १९ गतेबाट कारोबार सुरु गरेको थियो । कारोबार सुरु भएको दिनलाई बैंकले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com