पोखरा, साउन २३
पोखरा–२८ का बाख्रापालक कृषकलाई व्यावसायिक बाख्रापालनका लागि महानगरपालिकाले अनुदान वितरण गरेको छ । पोखरा–२८ स्थित ५० घर बाख्रा पालक कृषकलाई जनही ४० हजार रूपैयाँँका दरले २० लाख रूपैयाँ महानगरले वितरण गरेको हो । स्थानीय व्यावसायिक बाख्रा पालन समिति र वडा नं. २८ को समन्वयमा वडा कार्यपालिकाको कार्यलय–२८ मा आयोजित एक कार्यक्रमका बीच बुधबार महानगरका प्रमुख मानबहादुर जिसीले सो अनुदान वितरण गरेका हुन् । वितरण समारोहमा प्रमुख जिसीले अनुदान रकम जीवनस्तरको गर्जो टार्ने मात्र नभई कृषकहरूलाई व्यावसायिक बनाउनसमेत उपयोगी हुने बताए ।
कार्यक्रममा वडा नं. २८ का वडा अध्यक्ष निर्मल दियालीले कम्तीमा ५ वटा माउ बाख्रासहित १३ वटा बाख्रा भएका कृषकहरूलाई व्यावसायिकतातर्फ उन्मुख गर्न यो अनुदान रकम वितरण गरिएको बताए । स्थानीय प्रजातिका बाख्राहरूको पालन र प्रवर्द्धनमा समेत अनुदान फलदायी हुने उनको धारणा थियो । पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकहरूका लागि अनुदान वितरण कार्यक्रमको सकरात्मक सुरुवात भएको र पशु सेवासँग सम्बन्धित कृषक लक्षित अन्य कार्यक्रमहरू आगामी दिनहरूमा समेत निरन्तर रहने बताए । व्यावसायिक बाख्रा पालनका लागि महानगरले पोखराका १९ र २८ नम्बर वडाका कृषकहरूलाई अनुदान वितरण गर्नेछ ।
२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com