सात महिना पनि टिकेन २७ लाख बढीको पर्खाल

खेमराज अधिकारी
खोटाङ, साउन २४
खोटाङको दिक्तेलस्थित माटिकोरे खेल मैदानको भित्तामा निर्माण गरिएको २७ लाख बढीको पर्खाल निर्माण सम्पन्न भएको सात महिनामै भत्किएको छ । खेलमैदान तथा सरस्वती माविको भवनको सुरक्षाका लागि गत पुसमा निर्माण सम्पन्न भएको ठुलो लगानीको पर्खाल सात महिना ननाघ्दै भत्किएको हो । पर्खाल भत्किएपछि विध्यालय भवनसमेत जोखिममा परेको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय ओखलढुंगाको २७ लाखभन्दा बढिको खर्चमा गत पुसमा निर्माण गरिएको पर्खाल वर्षाका कारण असार मसान्त ननाघ्दै भत्किएपछि यसको गुणस्तरमाथि प्रश्न उठन थालेको छ ।

ठेकेदार कम्पनी शुभ एण्ड धुव्र कन्स्ट्रक्सनले २०७५ साल पुस १९ गते पूरा गर्ने गरी २०७५ साल वैशाख ७ गते पर्खाल निर्माणका लागि सम्झौता गरेको थियो । निर्माण कम्पनीले निर्धारित समयमै पर्खालको निर्माण सकेर हस्तान्तरण गरे पनि पर्खाल गुणस्तरहीन हुँदा छोटो अवधिमै ढलेको स्थानीय बताउँछन् । उक्त पर्खाल निर्माणका लागि ३१ लाख २२ हजार ९ सय ८४ रुपैयाँ बजेट छुट्टिएको भएपनि ठेकेदार कम्पनीले २७ लाख १ हजार ५ सय ५८ रुपैयाँमै ठेक्का सम्झौता गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका लेखा अधिकृत सुदीप ढकालले बताए ।

जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय खारेज भएपछि सो मातहत सञ्चालन भएका कार्यक्रम हाल जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत सञ्चालन भइरहेको छ । जिल्लामा आयोजना गरिने अधिकांश खेलकुद प्रतियोगिताहरु सञ्चानल हुदै आएको साविक सदरमुकामको एकमात्र खेल मैदानको पर्खाल गुणस्तरहिन भएका कारण निर्माण कार्य सकिएको केही समयदेखि नै चर्किन सुरु गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । निर्माण कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेर गुणस्तरहिन काम गर्दा राज्यको रकम दुरुपयोग भएको स्थानीयको गुनासो छ । पर्खाल भत्किएर खेल मैदानमा यत्रतत्र छरिएपछि खेलकुदका गतिविधि सञ्चालनमा समेत असहज भएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com