रुपन्देहीमा वर्षेनी आपराधिक गतिविधि बढ्दै

पोसकान्त पोखरेल
बुटवल, साउन २६
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको पछिल्लो तथ्याङ्कअनुसार रुपन्देहीमा आपराधिक गतिविधि वर्षेनी बढिरहेको पाइएको छ। आर्थिक वर्ष २०६७/०६८ देखि गत आर्थिक वर्ष २०७५/७६ सम्मको नौ वर्षे अवधिमा दश हजार नौ सय १६ वटा मुद्दाहरु दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै मुद्दाहरु लागूऔषधसम्बन्धीत छन् । कार्यालयको तथ्याङ्कअनुसार रुपन्देहीमा आर्थिक वर्ष २०६७/०६८ मा आठ सय ३८ मुद्दाहरु दर्ता भएका छन् भने आर्थिक वर्ष २०६८/०६९ मा ६० वटा मुद्दा संख्यामा वृद्धि भई आठ सय ९८ वटा मुद्दाहरु दर्ता भएका छन् ।

आर्थिक वर्ष २०६९/०७० मा उक्त आवको अघिल्लो आवभन्दा एउटाले वृद्धि भई आठ सय ९९ पुगेको छ । त्यस्तै आर्थिक वर्ष २०७०/०७१ मा अघिल्लो आवको तुलनामा ९४ वटा मुद्दा वृद्धि भई नौ सय ९३ पुगेको छ भने आर्थिक वर्ष २०७१/०७२ मा आर्थिक वर्ष २०७०/०७१ को भन्दा एक सय ६० ले वृद्धि भई एक हजार एक सय सय ५३ पुगेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७२/०७३ मा आर्थिक वर्ष २०७१/०७२ को तुलनामा २७ ले वृद्धि भई एक हजार एक सय ८० पुगेको छ भने आर्थिक वर्ष २०७३/०७४ मा उक्त आवको अघिल्लो आवभन्दा दुई ८६ ले वृद्धि भई एक हजार चार सय ६६ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा आर्थिक वर्ष २०७३/०७४ को तुलनामा एक सय ८६ ले वृद्धि भई एक हजार छ सय ५२ पुगेको छ भने गत आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक वर्ष २०७४/०७५ को एक हजार छ सय ५२ वटा मुद्दा दर्ता संख्यामा एक सय ८५ ले वृद्धि भई एक हजार आठ सय ३७ पुगेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७/०६८ को तुलनामा गत आर्थिक वर्ष २०७५/७६ मा नौ सय ९९ मुद्दा संख्यामा वृद्धि भएको देखिन्छ । जिल्लामा वर्षेनी आपराधिक गतिविधि बढ्दै जानुको प्रमुख कारण के हो त ? प्रहरी उपरिक्षक हृदय थापाले भने, ‘मानिसहरुमा जनचेतना बढ्दै गएको छ ।आफूले देखेका आपराधिक गतिविधिहरु प्रहरीलाई खबर गरेर पक्राउ गरी राम्रो समाज निर्माण गर्न चाहन्छन् । आफूसँग भएको दुव्र्यवहार कसैले पनि लुकाउन चाहँदैन । सिधै प्रहरीकहाँ आएर उजुरी दर्ता गर्ने प्रचलनको राम्रो विकास भएको छ । मुख्य समस्या भनेको लागूऔषध र झुण्डिएर आत्महत्यामा देखिएको छ । लागूऔषधलगायतका अन्य आपराधिक गतिविधिमा प्रहरीको सक्रियता बढ्दो छ भने झुण्डिएर आत्महत्यामा सबै मानिसले जीवनको महत्व अझै पनि बुझ्न नसकेको देखिन्छ ।

कार्यालयको गत आर्थिक वर्षमा दर्ता भएका मुद्दा संख्यालाई हेर्दा गत आवमा पनि सबैभन्दा धेरै तीन सय ७१ लागूऔषधसम्बन्धी छन् । त्यस्तै सार्वजनिक हित, स्वास्थ्य सुरक्षालगायत शीर्षकमा दुई सय ७५, साधारण चोरीमा एक सय ५४, झुण्डिएर आत्महत्यासम्बन्धी एक सय ४८, सवारी ज्यानसम्बन्धी एक सय ३०, भवितव्य ज्यानसम्बन्धी एक सय १४, बैंकिङ कसुरसम्बन्धी एक सय ११, फुटकर ज्यानसम्बन्धी ८३, विष सेवन गरी आत्महत्यासम्बन्धी ७५, जबर्जस्ती करणीसम्बन्धी ७०, बहुविवाहसम्बन्धी ४३, जबर्जस्ती करणी उद्योगसम्बन्धी ३२, केही सार्वजनिक अपराधसम्बन्धी २५, जुवासम्बन्धी १७, कुटपिट अंगभंगसम्बन्धी १७, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १७, सवारी अंगभंगसम्बन्धी १७, कर्तव्य ज्यानसम्बन्धी १६, ठगीसम्बन्धी १५, सार्वजनिक शान्तिविरुद्धको कसुरसम्बन्धी १३, ज्यान मार्ने उद्योगसम्बन्धी ११, ज्यानसम्बन्धी दश, सरकारी छाप दस्तखत किर्तेसम्बन्धी दश, सवारीबाट भवितव्य ज्यानसम्बन्धी नौं, चोरी उद्योगसम्बन्धी नौं, अपहरण तथा शरिर बन्धकसम्बन्धी आठ, हातहतियार तथा खरखजनासम्बन्धी छ, विष्पोटक पद्धार्थसम्बन्धी छ, जबर्जस्ती चोरीसम्बन्धी पाँच, नागरितासम्बन्धी पाँच, वाल यौन दुराचारसम्बन्धी चार, राज्य विरुद्धको अपराधसम्बन्धी तीन, बोक्सी आरोपसम्बन्धी तीन, नकवजी चोरीसम्बन्धी दुई, सवारी दुर्घटनाबाट चौपायाको मृत्युसम्बन्धी दुई, आगलागीसम्बन्धी दुई, बम विस्फोटनसम्बन्धी दुई, दूरसञ्चार कसुर तथा टेलिफोन तार चोरीसम्बन्धी दुई, आगो लगाएर आत्महत्यासम्बन्धी एक, करेन्ट लगाएर आत्महत्यासम्बन्धी एक, कालो बजारीसम्बन्धी एक, धर्म परिवर्तनसम्बन्धी एक, जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी एक, सरकारी कागज लिखत नष्टसम्बन्धी एक, विवाह कसुरसम्बन्धी एक, बाल विवाहसम्बन्धी एक, अप्राकृतिक मैथुनसम्बन्धी एक, पशु कसुरसम्बन्धी एक र सट्टाबाजीसम्बन्धी एक गरी एक हजार आठ सय ३७ मुद्दाहरु दर्ता भएको देखिन्छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com