सुख्खा पहिरोमा परी एक गम्भीर घाइते

१५ घरपरिवार विस्थापित

दोलखा, साउन २६
दोलखाको बिगु गाउँपालिकामा सुक्खा पहिरो खस्दा एक महिला गम्भीर घाइते भएकी छिन् भने १५ घरपरवार विस्थापित भएका छन् । बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरस्थित बसपार्कमाथि रहेको भीरबाट सुक्खा पहिरो खस्दा स्थानीय ६० वर्षीया लाली तामाङ घाइते भएकी हुन् । घाइते तामाङलाई प्रस्तावित चरीकोट अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

शनिबार बिहान करिब १० बजे भीरमाथिबाट खसेको सुक्खा पहिरोले सात घरमा पूर्णरुपमा क्षति पु-याएको छ । पहिरोबाट सात घरमा पूर्ण क्षति पुगे पनि भीरमाथिबाट निरन्तर रुपमा ढुंगा माटो झरिरहेकाले १५ घरपरिवार विस्थापित भएको सशस्त्र प्रहरी बल दोलखाले जनाएको छ । पहिरो गएको सूचनालगत्तै सशस्त्र प्रहरी बल नेपाल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरक्षा बेस क्याम्प लामाबगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक मेघ प्रसाद चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले विस्थापित भएकाहरुको उद्धार गरेको थियो । त्यसैगरी गत साता दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने जुँगुको पहिरोमा बेपत्ता भएका दुई जना फेला पर्न नसकेपछि परिवारका सदस्यहरुले कुशको शव बनाएर बिहीबार दाहसंस्कार गरेका छन् ।

गत साउन १८ गते रातिको अविरल वर्षासँगै आएको पहिरोमा परी बेपत्ता भएका वडा नम्बर १ का ५५ वर्षीय जगतबहादुर खत्री र वडा नम्बर २ का १८ वर्षीय निशान खड्काको खोजी तत्कालै सुरु गरिएको भए पनि फेला पार्न नसकिएपछि प्रहरी मुचुल्काको आधारमा परिवारका सदस्यहरुले कुशको शव बनाएर दाहसंस्कार गरेको स्थानीय दिल बहादुर केसीले बताए । उनीहरुको खोजीको लागि नेपाली सेनाको तीनवटा तालिमप्राप्त कुकुर र डिटेक्टर टोली समेत परिचालन गरिएको थियो । छ दिनसम्म पनि फेला पर्न नसकेपछि नेपाली सेनाको तालिमप्राप्त कुकुर र डिटेक्टर टोली बिहीबारबाट फिर्ता भएको स्थानीय केसीले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले परिवारका सदस्यले दाहसंस्कार गरे पनि नेपाल प्रहरीले बेपत्ताको खोजीकार्य र पहिरोबाट भएको क्षति संकलन तथा आवश्यक व्यवस्थापनको काम गरिरहेको बताए । अब बेपत्ता भएकाहरु भेटिने सम्भावना नदेखिएकोले नेपाली सेनाको तालिमप्राप्त कुकुर र डिटेक्टर टिम तथा सशस्त्र प्रहरीको टिम भने बिहीबारबाट फिर्ता भएको सशस्त्र प्रहरी नायब उपरीक्षक किरणकुमार कठायतले बताए । हालसम्म पनि बेपत्ताहरुको शव फेला पर्न सकेको छैन । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com