‘ऊर्जा नै समृद्धिको आधार’

काठमाडौं, साउन २६
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै नेपालको समृद्धिको आधार भएको बताएका छन् । एआईटी एल्मुनाई एसोसिएसन अफ नेपालद्वारा शुक्रबार राजधानीमा आयोजना गरिएको नेपालको ऊर्जा क्षेत्रलाई सर्वोत्तम अन्तर्राष्ट्रिय अभ्यासका अगाडि लैजाने सम्बन्धमा आयोजना गरिएको एक दिवसीय गोष्ठीमा उनले ऊर्जा क्षेत्रले नै नेपाललाई विकसित बनाउने बताए । पूर्वअर्थमन्त्री समेत रहेका मन्त्री पुनले भने, ‘हाम्रो व्यापारघाटाको महत्वपूर्ण अंश ऊर्जा आयातले ओगटेको छ ।

बितेको आर्थिक वर्षमा मात्रै २३ अर्बको विद्युत् आयात भएको छ । करिब दुई खर्बको पेट्रोलियम पदार्थको आयात छ । विद्युत् आयातलाई प्रतिस्थापन गर्न सकियो र यातायात क्षेत्रमा प्रयोग हुने पेट्रेलियमलाई विद्युतीय सवारीसाधनको प्रयोग बढाएर घटाउन सकियो भने नेपालको अर्थतन्त्र धेरै बलियो बन्नेछ ।’ उनले विगत वर्षहरुमा नेपालमा खनिज तेलको आयातको वृद्धिदर १७ प्रतिशतसम्म पुगेको बताउँदै भने, ‘विद्युत्को भरपर्दो आपूर्ति भएपछि यसको वृद्धिदर घटेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा यो पाँच प्रतिशतमा आएछ । तैपनि पेट्रोलियम आयातमा हामीले दुई खर्बभन्दा बढी खर्च गरेका छौ ।’ मन्त्री पुनले ऊर्जा निर्यात आरम्भ भइसकेको बताउँदै अघिल्लो आर्थिक वर्ष सात करोडजतिको निर्यात गरेको र यस वर्ष यही सिजनमा मात्रै ५० करोड जतिको बिक्री गरिसकेको जानकारी दिए । उनले ऊर्जा क्षेत्रको विकासको लागि नीतिगत स्पष्टता आइसकेको बताउँदै भने, ‘जलस्रोतको धनी भएकोले हाम्रो ऊर्जाको मूलधार जलविद्युत् हो, तर हामीले वैकल्पिक धारलाई पनि सँगै विकास गर्ने नीति लिएका छौँ ।’

सौर्य र वायु ऊर्जाबाट ५ देखि १० प्रतिशत, जलविद्युत्मा पनि ३० प्रतिशत नदी प्रवाहमा आधारित, ३० प्रतिशत जलाशययुक्त नदी प्रवाह र २५ प्रतिशत जलाशययुक्त आयोजनाहरुको विकास गर्ने नीति,रणनीति, योजना र कार्यक्रम तयार भएर कार्यान्वयन थालिएको उनले बताए । मन्त्री पुनले राजनीतिक स्थायित्व कायम भएकोले ऊर्जा विकासको क्षेत्रमा काम गर्ने अनुकूल वातावरण सिर्जना भएको पनि दाबी गरे ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका वरिष्ठ इन्जिनियर सागर गौतमले ऊर्जा विकासमा सरकारको सोच र कार्यशैली, प्राध्यापक राममनोहर श्रेष्ठले ऊर्जाको विकासमा लिएको गति र दिशा, एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा.विन्दुनाथ लोहनीले ऊर्जा क्षेत्रको विकासका निमित्त उपलब्ध वित्तीय औजार र वित्तीय मोडलहरुको बारेमा प्रस्तुति दिएका थिए । त्यस्तै कार्यक्रममा डा. अरुणभक्त श्रेष्ठले जलवायु परिवर्तन र यसले नेपालसहित हिन्दकुश हिमालय क्षेत्रको जलस्रोतमा पारेका प्रभावको बारेमा, डा. दिवस बस्न्यातले नेपालको जलस्रोतको क्षेत्रमा जलवायु परिवर्तन र अन्य अनिश्चितताको अनुकूलताका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

इञ्जिनियर राधेश पन्तले आयोजनामा वित्तीय सहयोग र सरोकारवालाको प्रतिबद्धताबारे, प्राध्यापक शोभाकर ढकालले भुटान, बंगलादेश, भारत र नेपाल (बीबीआईएन) क्षेत्रमा अन्तर्देशीय विद्युत् व्यापारका विषय र अवसरबारे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्षेत्रीय विद्युत् व्यापारको लाभ अत्यधिक गर्ने नेपालको अवसर : वर्तमान परिदृश्य र भावी सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको समापन सत्रमा सामूहिक छलफल आयोजना (प्यानल डिस्कसन) गरिएको थियो, जसमा विद्युत् नियमन आयोगका अध्यक्ष ई. डिल्लीबहादुर सिंह, विद्युत विकास विभागका महानिर्देशक मधुप्रसाद भेटुवाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारी, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालका उपाध्यक्ष कुमार पाण्डे, ऊर्जा विकास परिषद् नेपालका अध्यक्ष सुजित आचार्य र डोल्मा हिमालयन इनर्जीका कार्यकारी निर्देशक डा. सन्दीप शाहले जलविद्युत् र वैकल्पिक ऊर्जाका सौर्य तथा वायु ऊर्जाको विकासका विविध पक्षमा प्रकाश पारेका थिए ।

कार्यक्रममा जलविद्युत्को विकासका साथसाथै सहरी र ग्रामीण क्षेत्रमा पनि सौर्य ऊर्जाको विकास गर्न सके आन्तरिक मागपूर्ति गर्न त्यसले सघाउने र छोटो अवधिमा धेरै ऊर्जा उपलब्ध भई बचेको ऊर्जा भारत र अन्य छिमेकी देशमा निर्यात गर्न सहयोग पुग्ने निष्कर्ष निकालिएको थियो । ऊर्जामा आफैँ आत्मनिर्भर बनी राष्ट्रिय विकासमा योगदान समेत पु-याउन सहयोग गर्नका लागि प्रत्येक घरधनीलाई उत्प्रेरित गर्ने कार्यक्रम ल्याउन पर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

त्यस्तै नेपालमा सञ्चालित सवारीसाधनहरुलाई विद्युती सवारीमा रुपान्तरण गर्ने र विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्ने नीति अख्तियार गरेमा आगामी १० वर्षमा नेपालमा चल्नेमध्ये आधा सवारीसाधनको संख्या विद्युतीय बनाएर पेट्रेलियम पदार्थको आयातमा गइरहेको ठूलो रकम जोगिएर राष्ट्रिय विकासमा लगाउन सकिने निष्कर्ष पनि निकालिएको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com