‘ठेकेदारका कारण सरकारले गाली खाइरहनुपरेको छ’

काठमाडौं, साउन २६
नेपालमा पूर्वाधार निर्माणमा विभिन्न खाले समस्याहरु देखिएका छन् । खासगरी विकास निर्माणका कार्यहरु तोकिएको समयमै सम्पन्न हुन नसक्ने, सम्पन्न भएका संरचनाहरु पनि गुणस्तरहिन हुनेजस्ता विविध समस्याहरु देखिँदै आइरहेका छन् । यस्ता समस्याहरु देखा पर्नुको कारण र भावी दिनमा यस्ता समस्याको अन्त्यका लागि शुक्रबार राजधानीमा पूर्वाधार निर्माणका चुनौती र अब लिनुपर्ने बाटो विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद् महेश बस्नेतले निर्माण व्यवसायीहरुको गल्तीका कारण सिंगो सरकारले नै गाली खानुपरेको बताउँदै जिम्मेवारी बोध गरी काम गर्न सुझाव दिए । उनले भने, ‘निर्माण व्यवसायीहरु सरकारका प्रतिनिधि हुन् त्यसैले जिम्मेवारी लिएर काम गर्नुपर्छ ।’

भौतिक पूर्वाधार निर्माण जनताको माग र सरकारको प्राथमिकता भएको बताउँदै निर्माणका क्षेत्रमा देखिएका विविध समस्याहरुलाई न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने बताए । निर्माण क्षेत्रमा काम गर्दा सार्वजनिक खरिद ऐनमा, दररेटमा र तोकिएकै समयमा सम्पन्न नहुनेलगायतका समस्याहरु रहेकाले यस्ता समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

भौतिक पूर्वाधार मन्त्रालयमा बैधानिक अनियमितता भएको भन्दै निर्माण क्षेत्रमा अझै पनि पीपी सिस्टम रहेकोले यसले निर्माण क्षेत्रकै नकारात्मक विम्व बनाएकोले तत्काल रोक्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘पीपी सिस्टम अन्त्य गर्नुपर्छ बरु मापदण्ड बनाएर योगदानको आधारमा कर्मचारीहरुलाई भत्ता दिऔं ।’ त्यसैगरी कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य डा. केपी ओलीले मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तनहरु भए पनि हाम्रो सोचमा परिवर्तन हुन नसक्दा पूर्वाधार निर्माणका क्रियाकलापहरु प्रभावकारी हुन नसकेको बताए । उनले भने, ‘विभिन्न राजनीतिक परिवर्तनहरु भए तर हाम्रो सोच विचारमा परिवर्तन हुन नसक्नु नै मूल समस्या हो ।’

मुलुकमा हाल २१ वटा राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेकाले यस्ता आयोजनाहरु चाँडै सम्पन्न भएमात्र मुलुकले भौतिक पूर्वाधार निर्माणको लक्ष्य प्राप्त गर्न सक्ने बताए । राष्ट्रिय गौरवका आयोजना निर्माणका क्रममा विविध समस्याहरु रहे पनि लक्ष्यप्राप्तिका लागि आयोजनाहरु अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । यसै प्रसंगमा उनले हाल निर्माणकै क्रममा रहेको सिक्टा सिँचाइ आयोजना सम्पन्न भएपछि १ लाख ४२ हजार हेक्टर जमिनमा सधैँभर सिँचाइ गर्न सकिने बताए । यसैगरी सबै राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न भएमा मुलुकको लक्ष्य समेत पूरा हुने भए पनि तोकिएकै समयमा काम सम्पन्न नहुने समस्या रहेको उनले बताए ।

उनले भौतिक पूर्वाधार निर्माणका देखिएका समस्याहरु समाधान गर्नका लागि कयौँ प्रभावकारी योजनाहरु ल्याएकाले अब समस्या समाधान हुने बताए । उनले पछिल्लो समय सरकारले करारमा कार्यसम्पादन सम्झौतासम्बन्धी योजना ल्याएकोले समयमै अनुगमन र मूल्यांकन हुने हुँदा काममा हुने ढिलासुस्तीको अन्त्य हुने बताए ।

त्यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै निर्माण कार्यको प्रभावकारितासम्बन्धी निरीक्षण र मूल्यांकन हुने हुँदा यसले आयोजनामा हुने बेथितिहरुको अन्त्य हुने दाबी गरे । त्यसैगरी नेपालका सरकारका पूर्वसचिव सुरेश प्रधानले मुलुक संघीयतामा गई तीन तहको सरकार बनेको कारण कसले के काम गर्ने भन्ने अन्योल रहेको कारण भौतिक पूर्वाधार निर्माणमा असर परेको बताए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com