कोका–कोलाको नयाँ ‘जिग्री’ प्याक

काठमाडौं, साउन २६
कोका–कोलाले देशभरका ग्राहकहरुको लागि पेयपदार्थको अनुभव अझै विशेष बनाउन नयाँ २५० एमएल, हलुका तथा बोक्नलाई सहज प्याक सार्वजनिक गरेको छ । यो प्याक उपभोक्तामैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको हो । जिग्री प्याकमा प्याकेजिङ उद्योगकौ सबैभन्दा नवीनतम प्रविधिको प्रयोग गरिएको छ । बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरेपश्चात् नेपाल विश्वभरमै यस क्षमता हुने तेस्रो देश भएको छ ।

जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरणमैत्री पनि छ, यो अल्ट्रा लाइट बोतल हो र अन्य पीईटी बोतलजस्तै यो रिसाइकल पनि हुन्छ । कोका–कोलाले हलुका, पुनः सिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको छ । साथै यसको विस्तारित आयु छ महिनासम्म रहेको छ ।

उपभोक्ताहरुले अब आफूलाई मन पर्ने कोका–कोला, स्प्राइट तथा फन्टाको नयाँ जिग्री प्याक जहाँ–जहाँ गए पनि चाहनाअनुसार जुनकुनै बेला आकर्षक मूल्यमा खरिद गरेर आनन्द उठाउन सक्नेछन् । कम्पनीले आफ्नो नवीनतम क्याम्पेन पनि सार्वजनिक गरेको छ, जसलाई नेपालका निकै प्रतिभाशाली टोलीले यसको अवधारणा बनाएर अभिनय र निर्देशन गरेका छन् । युवा स्टारकास्टले आफ्नो मनपर्ने पेय पदार्थ नयाँ जिग्री प्याकसँग मज्जा उठाइरहेको यस क्याम्पेनमा प्रदर्शन गरिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com