एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा

काठमाडौं, साउन २६
नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको एक मात्र आधिकारिक वितरक इ३ इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजनहरू सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार होटल सोल्टीमा आयोजित एक कार्यक्रमबीच एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालि र इ३ इलेक्ट्रोनिक्स प्रालिका अधिकारीहरूको उपस्थितिमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टिभीहरू नेपाली बजारमा भित्रिएको घोषणा गरेको हो ।

भारतीय डिकेएम ग्रुप कम्पनीअन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालिद्वारा उत्पादित अन्तर्राष्ट्रियस्तरको एम्प्लिफाई प्लस ब्राण्डका टिभीहरू एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिज नेपाली ग्राहकहरूका लागि कम्पनीले उपलब्ध गराएको छ । एचडी एलइडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलइडी टिभी बजारमा उपलब्ध हुनेछन्, जसको स्क्रिन रिजोल्यूशन १३६६ह७६८ पिक्सेल छ ।

त्यसैगरी यी सिरिजमा इनबिल्ट गेम्स, पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, वाईफाई र एचडीएमआई लगायतका अत्याधुनिक फिचर छन् । कम्पनीले एचडी स्मार्ट एलईडी टिभी सिरिजमा ३२ इन्च र ४० इन्चका टिभीहरू बजारमा ल्याएको छ । जसमा १३६६ह७६८ पिक्सेलको रिजोल्यूशन छ । यी सिरिजका टिभीमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाईफाई, एचडिएमआई लगायतका फिचर उपलब्ध छन् ।

एम्प्लिफाई प्लस ब्राण्डमा उच्चतहका टिभीहरूका रूपमा फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी पनि उपलब्ध भएको छ । जसमध्ये फूल एचडी एलईडी टिभी ५० इन्चमा उपलब्ध हुनेछ जसको स्क्रीन रिजोल्यूशन १९२०ह१०८० पिक्सेल छ । यसमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतका फिचर छन् । त्यसैगरि फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी ५५ इन्चमा नेपाली बजारमा उपलब्ध भएको छ । जसमा अल्ट्रा एचडी ३८४०ह२१६० पिक्सेल स्क्रीन रिजोल्यूशन रहेको छ । यो टिभीमा पनि पावर अडियो भोल्यूम,वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतको फिचरहरु छन् ।

एन्ड्रोइडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फूल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभीका चार मोडलहरुमा १ जीबीको -याम र ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ५.१ अपरेटिङ सिस्टममा सञ्चालन हुन्छ भने फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ७.० अपरेटिङ सिस्टममा सञ्चालन हुन्छन् । एम्प्लिफाई प्लस ब्राण्डका सम्पूर्ण टिभीहरुमा तीन वर्षका वारेन्टी प्रदान गरिएको छ ।

एम्प्लिफाईले नयाँ जेनेरेसनको एलईडी टिभी ल्याएको छ । यी सम्पूर्ण उत्पादनहरु कम्पनीको भारतस्थित प्लान्टमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षण गरिएका र सफल भएका छन् । न्यून ऊर्जा खपत गर्ने यी टिभीहरु वातावरणमैत्री छन् भने मनोरञ्जनका लागि उच्चतम डिभाइसको रूपमा प्रस्तुत गरिएको छ । डल्बी डिजिटल साउण्ड, स्क्रीन मिररिंग प्रविधिसहितका यी टिभीहरुले प्रयोगकर्ताहरुलाई नयाँ अनुभव प्रदान गर्दछ । सामसुङको ए प्लस ग्रेडको प्यानल प्रयोग भएका यी टिभीहरु नेपाली बजारमा सूपथ मूल्यमा उपलब्ध भएका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com