परिसंघले सातै प्रदेशमा अन्तर्क्रिया गर्ने

काठमाडौं, साउन २६
नेपाल उद्योग परिसंघले आगामी भदौमा काठमाडौंमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलन तेस्रोको पूर्वतयारीको क्रममा सातवटै प्रदेशमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोही योजनाअनुरुप परिसंघले प्रदेश–१ को विराटनगरमा छलफल एवं अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई परिसंघले आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन २०१९ यस प्रदेशको पूर्वाधार विकासको सन्दर्भमा समेत एक महत्वपूर्ण एवं उत्साहजनक कार्यक्रम हुने बताए । उनले प्रदेश–१ बाट समेत त्यस क्षेत्रका सम्भावित परियोजनाहरुलाई सम्मेलनमा प्रस्तुत गर्ने र आगामी दिनहरुमा यस्ता योजनाहरुलाई अझै परिष्कृत गर्दै लगिने बताए ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रदेशहरुमा पूर्वाधारको सम्भावना र प्रदेश सरकारले प्राथमिकतामा राखेका योजनालाई पूर्वाधार सम्मेलनमा छलफलसहित अगाडि बढाउन परिसंघबाट समेत आवश्यक पहल गरिने उल्लेख गरे । यस पटकको तेस्रो पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्वसम्मेलन छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरी सबै प्रदेशहरुको पूर्वाधारको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ । त्यसरी सम्मेलनमा गरिएको छलफल तथा अन्तर्क्रियाबाट प्राप्त निचोडलाई नेपाल पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी परिसंघले कार्यक्रम तय गरेको जनाएको छ ।

सो कार्यक्रममा परिसंघ प्रदेश–१ का संयोजक मीनप्रकाश मैनाली, परिसंघका गभर्निङ काउन्सिल सदस्य वासुदेव गोल्यान, नेपाली युवा निर्माण व्यवसायी समुदायका अध्यक्ष एवं परिसंघका राष्ट्रिय परिषद् सदस्य आनन्द सुवेदी, मोरङ उद्योग संगठन, मोरङ व्यापार संघलगायत स्थानीय उद्योगी तथा लगानीकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com