अन्तर्राष्ट्रिय युवा दिवस र नेपाल

विश्वनाथ खरेल
प्रत्येक वर्ष अगस्ट १२ तारिखका दिन अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभरि नै मनाइदै छ । यस अवसरमा आ–आफ्नो देश सुहाउँदो नाराको तय गरेको हुन्छ । हरेक वर्ष यसै दिन भव्यताका साथ यो दिवस मनाइदै आएको छ । सन् २००० देखि मनाउन थालिएको युवा दिवसका संस्करणहरूमा यस वर्ष २०१९ सम्म आइपुग्दा यो २० औँ युवा दिवस हो । यसरी व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभरि अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।

यस दिवसले युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपायहरू र युवाको सक्रियताले संसारमै ल्याउन सकिने सकारात्मक परिवर्तनलाई पनि उजागर गर्दछ । युवा भन्नाले पुरुष र महिला दुवैलाई जनाउँछ तर कति उमेरसम्मकोलाई युवा भन्ने ? विभिन्न तर्कवितक भएको पाइन्छ । युवा शक्ति मुलुकको अमूल्य निधि हो । देश निर्माणमा युवा जनशक्तिको अति महत्वपूर्ण भूमिका हुन्छ । यस कारण युवा वर्तमान र भविष्य दुवैका आधार हुन् । युवाको परिभाषा विभिन्न देशमा फरक–फरक भएको पाइन्छ । संयुक्त राष्ट्रसंघले १८ देखि २४ वर्षका व्यक्तिलाई युवा मानेको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले शारीरिक स्वास्थ्यका दृष्टिकोणले १५ देखि २४ वर्षकालाई युवा भनेको छ । हाम्रो देशको कुरा गर्ने हो भने युवा क्रियाकलापसम्बन्धी उच्चस्तरीय प्रतिवेदन २०५३ अनुसार १५ देखि २५ वर्षकालाई युवा मानिएको छ । प्रस्तावित युवा नीतिको मस्यौदाले १५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवाको परिभाषामा राखेको छ । यो मापदण्ड भारतीय र दक्षिण अफ्रिकी मापदण्ड नजिक देखिन्छ । भारतमा १३ देखि ३८ र दक्षिण अफ्रिकामा १४ देखि ३५ वर्षकालाई युवा भनिएको छ । नेपालमा नीति निर्माण तहमा युवाको पहुँच निकै कम देखिन्छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार १८ देखि ३५ वर्षसम्मका मतदाता ५० दशमलव ७५ प्रतिशत छन् ।

कूल जनसंख्याको झन्डै एक तिहाइ संख्या ओगटेको युवाका लागि अलग्गै मन्त्रालयको आवश्यकता महसुस गरेर पहिलो पटक २०५२ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्रालयको स्थापना गरिएको थियो । पछि युवा हटाइयो र त्यसलाई शिक्षा तथा खेलकुद मन्त्रालयको युवा कार्यक्रम शाखामा संकुचित गरियो । जनगणना वि.सं.२०६८ को तथ्याङ्कअनुसार नेपालको कूल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहेकामा एक करोड छ लाख ८९ हजार आठ सय ४२ युवा छन् । त्यसमध्ये ५४.५ प्रतिशत महिला र ४५.५ प्रतिशत पुरुष छन् । १६ देखि ४० वर्षका युवाको साक्षरतादर ७० प्रतिशत मात्र छ ।

हरेक वर्ष करिब चार लाख युवाहरू रोजगारको सिलसिलामा विदेश पलायन हुनेगरेका छन् । यसरी विदेशिने युवाहरूमध्ये ८५ प्रतिशत अदक्ष, १० प्रतिशत अर्धदक्ष तथा पाँच प्रतिशत दक्ष रहेका छन् । मुलुकको अहिलेको समग्र बेरोजगारको दर हेर्दा चार दशमलव एक प्रतिशत रहेको छ । आन्तरिक रोजगारको व्यवस्था नहुनु, उद्योग कलकारखानाको स्थापना नहुनु, सरकारी नीति नियमको प्रभावकारी कार्यान्वय हुननसक्नु युवाहरू विदेशिनुका मुख्य कारण हुन् । कर्मशील युवाहरूको बढ्दो विदेश जाने संख्यासँगै गाउँ–बस्तीसमेत युवाविहीन बन्दै गएको छ भने कृषिका लागि उर्वर भूमि मानिएका जमिनहरू पनि बाँझो हुँदै गएका छन् ।

यसले एकातर्फ खाद्यान्नको डरलाग्दो अभावलाई निम्त्याइरहेको छ भने अर्कोतर्फ खाद्यान्न आयातका कारण देशको अर्थतन्त्र धराशायी बन्दै गएको छ । यसका साथै औद्योगिक उत्पादनसमेत नराम्रोसँग प्रभावित भएको छ । आर्थिक विकासको प्रमुख ऊर्जाको रूपमा रहेका युवाहरू अधिकांश अदक्ष रहेकाले विदेशमा गएर पनि न्यून पारिश्रमिकमा जोखिमपूर्ण काम गर्न बाध्य भएका छन् । देशको आठौँ र नवौँ पञ्चवर्षीय योजनामा समेत १५ देखि २९ वर्ष उमेरलाई युवा मानिएको थियो । त्यस्तै गरी शान्ति–नेपालले १५–४० वर्ष उमेर समूहलाई र राष्ट्रिय युवा नीति मस्यौदा समितिले पनि १५–४० वर्षलाई युवाको समूहमा राखेको छ । त्यस कारण नेपालको विद्यमान कानुनले १६ वर्षमुनिकालाई नाबालकमा पर्ने हुदाँ १६ देखि ३० वर्षसम्मको पुरुष तथा महिलालाई युवा परिभाषित हुन उपयुक्त देखिन्छ ।

समग्रमा भन्नुपर्दा युवाहरू देशका वर्तमानका आधार र भविष्यका कर्णधार हुन् । अतः युवाहरूले सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक आदि क्षेत्रमा ठूलो भूमिका खेलेका छन् । किशोर वर्गको क्षमता वृद्धि र विकासका लागि राज्यले प्राथमिकता दिई राष्ट्रिय युवा नीति, कार्यनीति, रणनीति, कार्यक्रम र कार्य योजना बनाई मुलुकलाई आवश्यक मार्ग निर्देशन जरुरी भएको छ । आज आएर देशमा झन्डै दैनिक एक हजार पाँच सयको हाराहारीमा विदेशीने क्रमलाई कसरी हुन्छ रोक्ने प्रयास गर्नुपर्छ ।

युवा समूह जिम्वेवार वर्गका रूपमा प्रस्तुत भैरहेको छ । अझ राजनीतिको कुरा गर्ने हो भने त यस वर्ष नयाँ नेपाल निर्माणको अभियानमा लागेका सबै युवा कार्यकर्ता र समर्थक हुन् । यसर्थ देशमा शान्ति सुरक्षा व्यवस्थापन कार्यमा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतिर एक दशकभन्दा बढी समयदेखि द्वन्द्वग्रस्त बनेको हाम्रा मुलुकले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक तथा विकासका हिसाबले पनि काँचुली फेर्नसक्ने अवस्था युवावर्ग आफैँले सिर्जन गर्नुपर्छ ।

युवा शक्तिको सीप र क्षमता अभिवृद्धि गरी राष्ट्र निर्माणमा लगाई नयाँ नेपालको विकास गर्नु आजको समयको माग पनि हो । त्यसको वैकल्पिक उपायहरू के हुन सक्छन् ? तिनीहरूको बाटो पहिलाएर बेलैमा त्यसप्रति सजग हुन सकिएन भने भोलि गएर राज्यले ठूलो मूल्य चुकाउनु नपर्ला भन्न सकिन्न । त्यस कारणले गर्दा मुलुकलाई आवश्यक पर्ने ज्ञान र दक्षता भएका व्यक्ति भविष्यमा राज्यका वैज्ञानिक हुनसक्ने युवाहरूले देश निर्माणमा अग्रणी भूमिका खेल्नुपर्दछ । जसले गर्दा झन्डै तीन करोड नेपालीहरूको भविष्यलाई फूल्न र फलाउन सकियोस् ।

हाल देशमा आइपरेको जल्दोबल्दो समस्या भनेकै स्थानीयस्तरको चुनाव सम्पन्न भई केन्द्रीय र प्रदेशको चुनाव शान्तिपूर्वक गराउनसमेत युवाशक्तिको ठूलो योगदान रहेको पाइन्छ । यस्तो किसिमको कार्य तोकिएको समयमा नै सम्पन्न गरी दिगो शान्तिको आभाष जनताले पाउन सकून् । यो विषय नै अहिलेको प्रथम प्राथमिकताको रूपमा रहेको छ । अतः नयाँ नेपाल बनाउने अभिभारा सबैभन्दा बढी आजको युगमा युवाहरूको काँधमा आइपरेको छ । जनताले माग गरेअनुसारको स्वर्गभूमि नेपाल बनाउनको लागि बेलैमा सोचविचार गरेर राजनीतिक पार्टीहरू, नागरिक समाज, सरकार र युवा शक्तिहरूले युद्धस्तरमा लाग्नुपर्ने बेला आएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com