ग्रील व्यवसायीलाई कानुनको दायरामा आई व्यवसाय गर्न निर्देशन

काठमाडौं, साउन २७
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले सबै व्यवसायीहरुलाई व्यवस्थित र मर्यादित भई कानुनी दायरामा आई आउन निर्देशन दिएका छन् । अध्यक्ष कटुवालले काठमाडौं ग्रील तथा स्टील व्यवसायी महासंघ कपन शाखाको तेश्रो साधारण सभालाई सम्बोधन गर्नेक्रममा सो निर्देशन दिएका हुन् ।

उनले देशभरि रहेका ११ हजार ग्रील तथा स्टील उद्योग व्यवसायीहरुलाई सरकारले ल्याएको न्यूनतम परिश्रमिकलाई कार्यान्वयन गर्न आग्रहसमेत गरेका छन् । सामाजिक सुरक्षा कोष र अनिवार्य प्यान लिने विषयमा सम्बन्धित मन्त्रालयहरुसँग साना उद्योगीहरुले सहज किसिमले लागू गर्न उपयुक्त वातावरण बनाइदिन केही समयको माग भैरहेको बताउदैँ सबैले आफ्नो क्षेत्रमा तयार रहन आग्रह कटुवालले गरेका छन् । उनले ग्रील तथा स्टील व्यवसायीहरुका समस्या समाधानको लागि महासंघ सक्रियरुपमा लागिरहेको बताएका छन् ।

अध्यक्ष कटुवालले उत्कृष्ट ग्रील उद्योगीहरुलाई सम्मान गर्दैे व्यवसायीहरुलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थसम्बन्धी र भ्याट प्यानसम्बन्धी वृतचित्रसहित संक्षिप्त जानकारी गराएको थिए । ग्रील तथा स्टील व्यवसाय संघ कपन एकाईका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले हालैं सरकारले ल्याएको सामाजिक सुरक्षा कोष र कर्मचारीहरुको प्यान कार्ड बनाई बैंकमार्फत तलब दिन तत्काल नसकिने बताउँदै ग्रील तथा स्टील व्यवसायीहरुलाई त्यसबारेमा सुसूचित गरेर मात्र सहभागी गराउन सकिने भएकोले कम्तीमा एक वर्षको समय थप्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com