सोलुखुम्बुमा भालुको आतङ्क

सोलुखुम्बु, साउन २७
हिमाली जिल्ला सोलुखुम्बुमा जंगली जनावर भालुको आतंक मच्चिएको छ । मकै फल्ने समयमा भालु गाउँबस्तीमा आउँदा मान्छेलाई समेत आक्रमण गर्न थालेको हो । शुक्रबार राति मात्रै भालुको आक्रमणबाट सोलु दुधकुण्ड नगरपालिका–३, लोदिङका ३५ वर्षीया माया शेर्पा घाइते भएकी छिन् । भालुको आक्रमणबाट वर्षेनि धन जनको क्षति भइरहेको छ । यस विषयमा डिभिजन बन कार्यालय सोलुखुम्बले भने घाइतेलाई २ लाख सम्मको उपचार खर्च उपलब्ध गाराउने गरेको छ ।

कानुनमा नै घाइतेलाई उपचार खर्च त्यति नै भएकाले आफूहरु केही गर्ननसक्ने कार्यालयका प्रमुख डाक्टर इन्द्रप्रसाद सापकोटाले जानकारी दिए । शुक्रबार राती करिब ८ बजे मकैबारीमा शेर्पालाई भालुले आक्रमण गरेको वडा सदस्य ल्हाक्पा गेलु शेर्पाले जानकारी दिए । भालुले बारीमै आएर मकै खान थालेपछि स्थानीयले बारीमा डेरा निर्माण गरी भालु धपाउँने गर्छन् । शेर्पा पनि आफ्नो बारीमा लागएको मकै बाली जोगाउन बस्दा डेरामै भालुले आक्रमण गरेको हो ।

घाइते शेर्पालाई तत्कालै जिल्ला अस्पताल फाप्लु ल्याइए पनि उपचार सम्भव नभएपछि मिसन अस्पताल ओखलढुंगा रेफर गरिएको उपचारमा संलग्न डा. कमला सञ्जेलले बताइन् । उनको आन्द्राबाहिर निस्केएको डाक्टरको भनाइ छ । राति नै मिसन अस्पताल पु-याएको घाइते शेर्पाकोे अप्रेशन गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल मगरले बताए । मकै पाक्ने सिजन सुरु भएसँगै सोलुखुम्बुमा वर्षेनी भालुले मानिसलाई आक्रमण गर्नेगरेको छ । बुधबार मात्रै महाकुलुङ गाउँपालिका–३, मा एक जना भालुको आक्रमणबाट घाइते भएका थिए । उनको उपचार भइरहेको छ । सोलुखुम्बमा अघिल्लो वर्ष ९ जनालाई भालुले आक्रमण गरेको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com